बिर्तामोड  / श्रीलङ्काका ओपनर ब्याट्सम्यान दिलसान मुनावीराले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता विराटनगरबाट खेल्ने भएका छन्।

आगामी असोज ९ देखि २३ गतेसम्म टियु मैदानमा हुँन लागेको इपिएलमा दीलशानले विराटनगरबाट खेल्ने भएका हुन् । प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन्।

OM Sai Pathibhara Hospital

विराटनगरले शनिबार ३२ वर्षीय दिलशानलाई चौँथो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको छ । दिलशानले श्रीलंकाबाट १३ टी–ट्वान्टी अन्तराष्ट्रिय र २ एकदिवसीय अन्तराष्ट्रिय खेलेका छन्।

यसअघि विराटनगरले विदेशी खेलाडीको रुपमा जिम्बावेका अलराउन्डर सिकन्दर राजा, क्यानडाका तीव्र गतिका बलर रयानखान पठान र वेस्टइन्डिजका शीर्ष क्रमका ब्याट्सम्यान हेमराज चन्द्र पाउललाई अनुबन्ध गरेको थियो । 

विराटनगरबाट सौरभ खनाल, अनिल खरेल, सुमित महर्जन, करण केसी, हरि चौहान, अनिल कुमार शाह, आसिफ शेख, वसन्त रेग्मी, प्रतिश जिसी, सोनु देवकोटा लगायतका खेलाडी छन् ।