बिर्तामोड / चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा आज (आइतबार) दोस्रो खेलमा दुई उपाधिका दाबेदार पोखरा राइनोज र भैरहवा ग्ल्याडियटर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल दिउँसो साढे १ बजे हुनेछ । पोखरा कप्तान विकेटकिपर विनोद भण्डारी र भैरहवा शरद भेषावकरले गर्नेछन् । 

OM Sai Pathibhara Hospital

शरद नेपाली घरेलु क्रिकेटका सर्वाधिक सफल कप्तान हुन् । भैरहवामा चार विदेशीको खेलाडीको रुपमा बंगलादेशका सर्वाधिक सफल ओपनर तमिम इकबाल, श्रीलंका पूर्व कप्तान उपुल थरंगा, तीव्र गतिका बलर धाम्मिका प्रसाद र मलेसिया शार्विन मुनिआन्दी छन् ।

पोखरामा दक्षिण अफ्रिकी रिचार्ड लेभी छन् । लेभी, श्रीलंका असेला गुणरत्ने, सहान अर्चाचिगे र वेस्टइन्डिजका केस्रिक विलियम्स छन् । उनी विष्फोटक ब्याटिङ गर्नेगर्दछन् । लेभीलाई रित गौतम र सुनिल धमला मध्य एकले मौका दिनेछन् । लोकेश बम, विनोद भण्डारी, असेला गुणरत्ने रहनेछन् ।

तल्लोक्रममा केस्रिक विलियम्स, विपिन खत्री र विवेक कुमार यादव छन् । किशोर महतो, विक्रम सोब र नन्दन यादव तीव्र गतिका बलरका रुपमा छन् । यी तीनै खेलाडी राम्रो ब्याटिङको क्षमता राख्छन् । लेभी, विलियम्स र लोकेश घातक बन्न सक्ने खेलाडी हुन् ।