काठमाडौँ / राजधानीमा आजदेखि सुरुआत भएको छैटौँ संस्करणको एनभिए क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।    

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद (परिषद्) राखेपको कभर्डहलमा आज भएको पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गरायो । 

OM Sai Pathibhara Hospital

राष्ट्रिय टोलीका खेलाडीले भरिएको आर्मीले कर्णालीलाई पहिलो सेटमा २५–८, दोस्रो सेटमा २५–१४ र तेस्रो सेटमा २५–७ ले पराजित ग¥यो । यो जितसँगै आर्मीले तीन अङ्क जोडेको छ ।

नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त स्पर्धाअन्तर्गत महिलातर्फको खेल भने यही असोज १२ गतेदेखि हुनेछ । जारी प्रतियोगितामा पुरुषतर्फ १२ टोली र महिलातर्फ छ टोलीले प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगितामा विजेता टोलीले चार लाख रुपैयाँ प्राप्त गर्दा उपविजेताले रु दुई लाख पाउनेछन् । तेस्रो हुने टोलीले भने रु एक लाख प्राप्त गर्नेछ ।