काठमाडौँ / नेपाल र ओमानबीचको मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ । ओमानविरुद्धको खेल खेल्नका लागि नेपाली राष्ट्रिय टोली कतारमा रहेको छ ।

 खेल दोहास्थित कतार युनिभर्सिटीको मैदानमा आज राति नेपाली समय अनुसार ९ः४५ बजे शुरू हुनेछ ।

OM Sai Pathibhara Hospital

साफ च्याम्पियनसिपको तयारीस्वरुप नेपालले ओमानसँग आज खेल्न लागेको हो । साफकै तयारीस्वरूप नेपालले भारतसँग पनि दुई मैत्रीपूर्ण खेल खेलिसकेको छ ।

जसमा नेपालले एक बराबरी र एक हार व्यहोरेको थियो । नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जाने छन्। माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म हुँदैछ ।

नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ।