खेलकुद

    Showing 1,091-1,100 of 1,416 items.
  • इन्टर मिलानको फराकिलो जित

    काठमाडौं / इटालियन सिरी”ए’ फुटबलमा इन्टर मिलानले फराकिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा इन्टरले सालेरनिटानामाथि ५–० को फराकिलो जित निकालेको हो ।इन्टरका लागि लाउटरो मार्टिनेजले ह्याट्रिक तथा इडेन जेकोले दुई गोल गरे । खेलको २२ औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई १–० को अग्रता दिलाएका थिए । ४० औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए ।५६ औं मिनेटमा मार्टिनेजले ह्याट्रिक पूरा गर्दै इन्टरलाई ३–० ले अघि बढाए । ६४ औं मिनेटमा इडेन जेकोले गोल गर्दै इन्टरलाई ४–० ले अघि बढाए । त्यसपछि ६९ औं मिनेटमा जेकोले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ५–० को फराक

    • प्रकाशित मितिः फागुन २१, २०७८
    • 149 पटक पढिएको
  • नेपाली राष्ट्रिय क्रिकेट टोली आज श्रीलंका जाँदै

    बिर्तामोड / नेपाली राष्ट्रिय क्रिकेट टोली आज शनिबार श्रीलंका जाँदैछ । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गत युनाईटेड अरब इमिरेट्स (युएईं) मा आयोजना हुने एकदिवसीय सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका जान लागेको हो ।नेपाली टोली शनिबार बिहान श्रीलंका जाने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । श्रीलंकामा नेपाली टोलीले श्रीलंकाको फस्ट क्लास क्लबसँग ४ अभ्यास खेल खेल्ने छन् ।नेपालले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरिसकेको छ । यस्तै, टोलीका अन्य सदस्यमा क्रमशः ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमल सिंह ऐरी, विवेक

    • प्रकाशित मितिः फागुन २१, २०७८
    • 180 पटक पढिएको
  • आत्मघाती गोलमा युभेन्ट्सको जित

    काठमाडौं / लोरेन्जो भेनुटीको आत्मघाती गोलमा युभेन्ट्सले कोपा इटालिया फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा फियोरेन्टिनालाई १–० ले हराएको छ ।बुधबार राति भएको खेलमा फियोरेन्टिनाका भेनुटीले खेलको इन्जुरी समयमा आत्मघाती गोल गरे र यो नै निर्णायक गोल रह्यो । जितसँगै युभेन्ट्सले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दुई टोलीबीचको दोस्रो लेग युभेन्ट्सको मैदानमा २० अप्रिलमा हुनेछ ।

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 139 पटक पढिएको
  • २३ औँ बुढासुब्वा गोल्डकप चैत्र २६ बाट  विजेताले नगद ट्रफीसँगै नगद १० लाख पाउने

    बिर्तामोड / धरानमा २३ औँ  बुढासुब्वा टुबोर्ग गोल्डकप प्रतियोगिता आगामी चैत २६ गते देखि हुने भएको छ । आयोजक धरान फुटबल क्लबले आज पत्रकार सम्मेलन गर्दे चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । धरान -१६ स्थित रङ्गशालामा हुने हुने सो प्रतियोगितामा आयोजक सहित ८ वटा टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष किशोर राईले पत्रकार सम्मेलनमा जानकारी दिए । कोरोना महामारीको कारण गतवर्ष स्थगित भएको प्रतियोगिता यो वर्ष भव्यताका साथ सम्पन्न गर्ने आयोजकले बताएको छ।  प्रतियोगिताको विजेताले नगद ट्रफीसँगै नगद १० लाख र उपविजेताले नगद ५ लाख पाउनेछन् ।

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 249 पटक पढिएको
  • आजबाट एन्फाको आयोजनामा सहिद स्मारक ‘बी’ डिभिजन लिग शुरु

    काठमाडौं / अखिल नेपाल फुटबल संघको आयोजनामा आजदेखि सहिद स्मारक ‘बी’ डिभिजन लिग सुरु हुँदैछ ।लिगको सबै खेल एन्फा मुख्यालय सातदोबाटोको कृत्रिम मैदानमा हुने छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा पहिलो दिन आज बुधबार तीन वटा खेल हुँदैछन् ।पहिलो खेल बिहान ९ः३० बजे झम्सिखेल युथ क्लब र श्री भगवती युथ क्लबबीच भयो । मध्यान्ह १२ः४५ मा बाँसबारी क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।त्यस्तै अपराह्न ४ बजे वीरगञ्ज युनाइटेड र ब्वाइज युनियन क्लब आमने – सामने हुनेछन् ।

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 248 पटक पढिएको
  • ब्राजिलका फुटबलर पेलेको स्वास्थ्य अवस्था सामान्य

    काठमाडौं  / ब्राजिलका चर्चित फुटबलर पेले उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । कोलोन ट्युमर र पिसाब नलीको सङ्क्रमणबाट पीडित पेले उपचारपछि डिस्चार्ज भएका हुन् ।पिसाब नलीको सङ्क्रमण निको भएको तर कोलोन ट्युमरको उपचार निरन्तर रहने अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था स्थिर रहेको पनि अस्पतालले जनाएको छ ।८१ वर्षीय पेले उपचारका लागि गएको फेब्रुअरी १३ तारिखमा साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना भएका थिए । पेलेको गएको वर्ष सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया गरिएको थियो ।

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • 161 पटक पढिएको
  • टी–ट्वान्टी वरीयतामा नेपालको दुई स्थान सुधार

    काठमाडौं / अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । आईसीसीले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपाल १३ औं स्थानमा उक्लिएको हो । यस अघि नेपाल १५ औं स्थान रहेको थियो ।नेपालले ओमानमा सपन्न आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट खेलेको थियो । छनोटमा तेस्रो भएको नेपालले ५ खेलमा ४ खेल जितेको थियो । टी–ट्वान्टीको वरीयतामा भारत शीर्ष, इंग्ल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा रहेका छन् । न्युजिल्याण्ड चौंथो र दक्षिण अफ्रीका पाँचौ स्थानमा छन् ।एकदिवसीय वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ ।

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • 171 पटक पढिएको
  • प्रधानसेनापति शर्माद्वारा खुला म्याराथन शुभारम्भ

    काठमाडौं / प्रधानसेनापति प्रभुराम शर्माले ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगिताको शुभारम्भ गरेका छन् । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेलमैदानबाट प्रारम्भ भएको म्याराथनसहित विभिन्न चार विधाका दौड प्रतियोगिता उनले उद्घाटन गरेका हुन् ।सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा आयोजित प्रतियोगिता बिहान ७ः१५ बजेदेखि पाँच मिनेट अन्तरालमा म्याराथन, हाफ म्याराथन, १० किमी दौड र पाँच किमी दूरीको वाकाथन सुरु भएको हो । सैनिक–नागरिक सम्बन्ध विस्तार गर्ने उद्देश्य रहेको प्रतियोगिताको नारा ‘मनोरञ्जनका लागि खेल’ भन्ने छ ।प्रतियोगिताअन्तर्गत ४२.१९५ किमी पुरुष म्याराथन, २१ किमी महिला–पुरुष हाफ म्याराथ

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • 134 पटक पढिएको
  • ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम दिन आज तीन खेल हुँदै

    काठमाडौं /सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आजबाट सकिँदै छ । प्रतियोगिताको अन्तिम दिन आज तीन खेल हुनेछन् । लिगको अन्तिम दिन दशरथ रंगशालामा दुई र एन्फा कम्प्लेक्समा एक गरी तीन खेल हुनेछन् ।मछिन्द्र फुटबल क्लबले उपाधि जितिसकेको छ भने च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेसनमा परेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । आर्मी २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । मनाङ २० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।यस्तै, दशरथ रंगशालामा हुने दोस्रो खेल च्याम्पियन मछिन्द्र र एपीएफ क्लबबीच

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • 237 पटक पढिएको
  • नेपाली क्रिकेट टोली आज स्वदेश फर्कदै

    काठमाडौं /नेपाली राष्ट्रिय क्रिकेट टिम आज शुक्रबार स्वदेश फर्कदै छ । ओमानमा आयोजना भएको आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए मा सहभागिता जनाएको नेपाली टोली आज शुक्रबार स्वदेश फर्कन लागेको हो ।नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टोली साँझ साढे ५ बजे स्वदेश आईपुग्ने छ । छनोटमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो ।बिहीबार तेस्रो स्थानको लागि भएको प्ले अफमा ओमानलाई ९ विकेटले हराउँदै नेपालले तेस्रो स्थान हासिल गरेको हो । सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो । छनोटको उपाधि भने युएईले जितेको छ ।

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • 141 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.