एजेन्सी / कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । कतार विश्वकपको दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ ।

कतरास्थित अल बायत स्टेडियममा हुने फ्रान्स र मोरक्कोबीचको खेल नेपाली समय अनुसार राति १२ः ४५ बजे सुरु हुनेछ । साविक विजेता फ्रान्स र मोरक्को दुवै जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन् ।

OM Sai Pathibhara Hospital

आजको खेलमा विजयी हुने टिमले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराएर उपाधि नजिक पुगिसकेको छ।