काठमाडौं / नेपाल क्रिकेट संघ (क्यान) ले नाबालिग बलात्कार आरोप लागेका राष्ट्रिय टिमको पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाबारे निर्णय गर्न कानून व्यवसायीहरूसँग छलफल गर्ने भएको छ ।

बलात्कारको आरोपमा सन्दीप पक्राउ परेपछि क्रिकेट संघले लामिछानेलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो । उच्च अदालत, पाटनको २० लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि लामिछाने शुक्रबार मात्र रिहा भएका छन् ।

OM Sai Pathibhara Hospital

सन्दीपका तर्फबाट मुद्दा लडिरहेका वकिल सरोजकृष्ण घिमिरेले जेलबाट रिहा भएपछि क्यानले सन्दीपलाई स्वतः कप्तानी फिर्ता दिनुपर्ने दाबी गरेका छन् ।

क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले सन्दीपलाई टिममा फर्काउनेबारे नेपाली कानून व्यवसायी, अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी र यस्तै प्रकरणमा अन्य देशमा भएको अभ्यासबारे छलफल जारी रहेको बताएका छन् ।

नेपाल क्रिकेटका लागि खेल्नु सार्वजनिक जीवनमा पर्ने भन्दै देशको कानून अध्ययन नगरी निष्कर्षमा पुग्न नसकिने सचिव मल्लको भनाइ छ ।