एजेन्सी / क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

मंगलबार राति कतारको लुसाइल रंगशालामा सम्पन्न खेलमा अर्जेन्टिना क्रोएसियालाई ३–० ले पराजित गर्दै विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

OM Sai Pathibhara Hospital

अर्जेन्टिनाको जितमा कप्तान मियोनेल मेस्सीले खेलको ३४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे भने जुलियनले ३९ र ६९ औं मिनेटमा गोल गरे ।

हारसँगै अघिल्लो संस्करणको उपविजेता क्रोएसियाको यो पटक विश्वकप जित्ने सपना चकनाचुर बनेको छ ।