धर्म/संस्कृति

    Showing 971-977 of 977 items.
  • चार महिनापछि खुल्यो मनकामना मन्दिर

    गोरखा / नेपालको प्रसिद्ध धार्मिक गन्तव्यका रूपमा चिनिने गोरखाको मनकामना मन्दिर करिब चार महिनापछि आजदेखि खुलेको छ । कोभिड –१९ को सङ्क्रमणको जोखिमका कारण गत वैशाख २३ गतेदेखि पूजाआजा गर्न रोक लगाइएको मनकामना मन्दिर भक्तजनका लागि पूजा गर्न खुला गरिएको मन्दिरका मूल पुजारी इन्सान बहादुर थापामगरले जानकारी दिए।मनकामना क्षेत्र विकास समितिले मन्दिरमा सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्ने गरी सर्वसाधारणका लागीसमेत पूजाआजा गर्न मन्दिर खोल्ने निर्णय गरेसँगै आजदेखि मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको उनले बताए । “आज बिहान नियमितरूपमा गरिने नित्यपूजा गरेर सर्वसाधारणलाई पनि पूजाआजाका लाग

    • प्रकाशित मितिः भदौ २३, २०७८
    • 133 पटक पढिएको
  • पाँच महिनापछि पशुपतिनाथ मन्दिर खोल्ने तयारी

    काठमाडौँ / पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका (तीज)को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ । मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग पनि परामर्श गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिएका छन् । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम बढ्दै गएपछि गत वैशाख पहिलो सातादेखि पशुपतिनाथको मूल मन्दिरलगायत देवालय शिवालय एवं गुह्येश्वरीलगायत शक्तिपीठ भक्तजनका लागि बन्द गरिएको थियो । कोरोनाको जोखिम कम हुँदै गएपछि नेपाली महिलाको महान् चाड हरितालिका (

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 144 पटक पढिएको
  • लण्डनमा नेपालीको गुम्बा

    काठमाडौँ / लण्डन शहरको दक्षिण पूर्वमा रहेका बुद्ध धर्म अनुयायी नेपालीले गुम्बा स्थापना गरेका छन् । डायमन्ड बुद्धिस्ट सेन्टर नामक संस्थाको पहलमा बनेको उक्त गुम्बाको क्षेत्रफल एक हजार ६६८ स्क्वायर फीट रहेको सेन्टरका अध्यक्ष सुमलकुमार गुरुङले बताएका छन्। कूल दुई लाख ८३ हजार ५०० पाउण्डमा खरिद गरिएको उक्त गुम्बाको भवनका लागि संस्थाले उठाएको रकममा थप अपुग भए पनि केही ऋण लिएर पूरा गरिएको बुद्धिस्ट सेन्टरले जनाएको छ । सन् २०१६ मा स्थापना गरेको यो संस्थामा स्थापना गर्दा केवल २१ जनाबाट गरिएको थियो तर हाल यस संस्थामा ४५१ जना आजीवन सदस्य र १४१ जना ट्रस्टी आबद्ध रहेको र उनीहरूकै सामूहिक पहलमा यो काम स

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 105 पटक पढिएको
  • गोकर्णको कुशे औँसी मेला स्थगित

    काठमाडौँ / नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले यस वर्ष गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने कुशे औँसी मेला स्थगित गरिएको छ । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिको आजको बैठकले यस्तो निर्णय गरेको समितिका अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका –४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए । कोरोना सङ्क्रमण बढिरहेका बेला लाखौँ भक्तजनको उपस्थितिमा हुने मेला गर्दा स्वास्थ्य समस्या आउने भएकाले मेला स्थगित गर्न बाध्य हुनुपरेको उनले बताए । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत पितृका नाममा जलदान, सिदादान र पिण्डदा

    • प्रकाशित मितिः भदौ १२, २०७८
    • 136 पटक पढिएको
  • कोरोनाका कारण औपचारिकतामै सीमित गाईजात्रा

    काठमाडौँ / कीर्तिपुर नगरपालिकाले कोरोना भाइरसका कारण नेवार समुदायको महत्वपूर्ण पर्व सापारु (गाईजात्रा) औपचारिकतामा सीमित गरेको छ । कोरोनाबाट बच्न सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै मृतकको सम्झनामा लगिने ताहा साँ परिक्रमाका क्रममा बढीमा २५ जना मात्र सहभागी गर्न नगरपालिकाले आग्रह गरको छ ।  उहाँका अनुसार मृतकको सम्झनामा लगिने ताहा साँ परिक्रमाका क्रममा बढीमा २५ जना मात्र सहभागी हुन दाफा, भजन, सांस्कृतिक समूह, बाजा खलः लगायत सबैमा अनुरोध गर्ने काठमाडौँ महानगरपालिकाको निर्णयअनुसार जात्रा मनाइएको छ ।नगर प्रमुख रमेश महर्जनले कोरोना सङ्क्रमणको जोखिम यथावत् रहेको हुँदा यस वर्षको जात

    • प्रकाशित मितिः भदौ ७, २०७८
    • 161 पटक पढिएको
  • आज जनै पुर्णिमा , किन बाँधिन्छ डोरो ?

    प. पुरण भट्टराईयज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात्।आयुष्यमग्रं प्रतिमुंच शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजःआज जनै पुर्णिमा अर्थात् जनै फेर्ने दिन। जनै फेर्दा हामी यहि श्लोक बोल्दछौं। यज्ञोपबित अर्थात  जनै अत्यन्त पबित्र छ यो प्रजापती बाट चलिआएको संस्कार हो। यो धारण गर्नाले आयु वल तेज बढ्दै शुभ हुँदै जानेछ । जनैको अर्थ जान्नु  पनि हो। हामी मानिस जन्मदा निर्दोष र अज्ञानी हुन्छौ। हामी सबै कुरा जानेर जन्मिएका हुदैनौ ,यसै अनुसार विभिन्न कर्मकाण्ड गरी हाम्रो संस्कारहरुको विकास गरिन्छ । जन्मिए पछि ११ दिनको दिन नामकरण संस्कार गरिन्छ नाम राखिन्छ। अनि ६र७ महिना पुगेपछी दात पलाएपछी&

    • प्रकाशित मितिः भदौ ६, २०७८
    • 243 पटक पढिएको
  • आज नागपञ्चमी: घरघरमा नागको पूजा गरीँदै

    पुरन भट्टराईनागपञ्चमी श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाउने पर्व हो । यस दिनमा हामी नागको पूजा गर्ने गर्दछौ । नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो। यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान भोलेनाथको पूजा आराधना पनि गरिन्छ।नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो सेतो अक्षता राखी गाईको गोबरको सहायताले घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ । यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरू भएको पनि मान्ने जन मान्यता रहेको छ । नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्खनाग गरी अष्टनागको चित्र टाँस्नाले घरमा चट्याङ नपर्ने तथा आगो

    • प्रकाशित मितिः साउन २९, २०७८
    • 1,624 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.