बिर्तामोड / विशेषगरी सप्तऋषिसँगै पूर्वीय दर्शनमा उल्लेख गरिएका विभिन्न ऋषिहरूलाई यस दिन सम्झने गरिन्छ । ऋषि शब्दले मन्त्रदर्शी व्यक्तिलाई जनाउने गर्दछ ।

कुनै पनि मन्त्रको दर्शन गर्नुको अर्थ हुन्छ त्यो मन्त्रको सारतत्व बुझ्नु । यस्ता ऋषिहरूलाई सात प्रकारमा विभाजन गर्ने गरिन्छ । ती हुन्, महर्षि, परमर्षि, देवर्षि, ब्रह्मर्षि, श्रुतिर्षि, राजर्षि र कन्दार्षि।

OM Sai Pathibhara Hospital

उनै ऋषिहरुको सम्मान स्वरुप पुजा गर्ने दिन नै ऋषि पन्चमी हो।


आजको दिनमा रजस्वला प्रारम्भ भैसकेका महिलाहरुले रजस्वला हुँदा अज्ञानतावस  कतै मन्दिरमा,कुल थानमा छोएको एवम् आफुले छोएको खाना नानिहरुलाई दिएको आदि दोषहरु बाट बचियोस भनेर सात ऋषिहरु समक्ष क्षमा प्रार्थना स्वरुप पुजा अर्चना गरि ऋषिहरु प्रती सम्मान प्रकट गरिन्छ।

नोट= रजस्वला लाई कत्ति ब्यक्तीहरुले कुप्रथा हो भनेर अहिले बिरोध पनि गरिरहनु भएको छ तर सृष्टिको प्रथम गुण र पुण्य गुणनै नारिहरुका लागि रजस्वला धर्म हो।

रजस्वला नारिहरुको गर्भाधान गर्न सक्ने क्षमताको प्रतीक अनि वहाँहरुमा हुने नितान्त प्राकृतिक प्रकृया पनि हो।

:अब कुरा गरौ सात ऋषिहरुको बारेमा 


(१) वशिष्ठ


वशिष्ठ ऋषि राजा दशरथका कुल गुरु हुन् । उनी दशरथका छोराहरूको समेत गुरु थिए ।


(२) विश्वामित्र


विश्वामित्र ऋषिले नै गायत्री मन्त्रको रचना गरेका थिए । उनी ऋषि हुनुभन्दा पहिले एक राजा थिए । पछि उनले तपस्या गरे र ज्ञान प्राप्त गरेपछि ऋषिको पद पाउन सकेको भन्ने विश्वास छ ।


(३)कन्व


कण्व वैदिक कालमा एक साधु थिए । १०३ सुक्तयुक्त ऋग्वेदको आठौं मण्डलको अधिकांश मन्त्र यिनै ऋषिले रचना गरेका हुन् भन्ने विश्वास छ ।


(४) भारद्वाज


भारद्वाज वैदिक कालका सबैभन्दा महान् ऋषि थिए । उनले ऋग्वेदको छैटौं मण्डलका लागि ७६५ मन्त्रहरूको रचना गरेका थिए ।


(५) अत्रि


महर्षि अत्रि भगवान् ब्रह्माका छोरा थिए भन्ने विश्वास छ । उनको आश्रम चित्रकूटमा थियो । अत्रिलाई पारसी धर्मको संस्थापक पनि मानिन्थ्यो ।


(६) वामदेव


भारतीय संस्कृतिको विकासमा वामदेव ऋषिको ठूलो योगदान रहेको बताइन्छ । उनलाई संगीतका पिता पनि भनिन्छ । भरतमुनिले रचेको भरत नाट्यशास्त्र सामवेदबाट नै प्रेरित छ ।


(७) शौनक


शौनकलाई गुरुकुल परम्पराका जनक भनिन्छ । १० हजार विद्यार्थी अध्ययन गर्नसक्ने गुरुकुल चलाएर कुलपतिको सम्मान पाएका उनी एक आदर्श ऋषि हुन् ।

यिनै आदर्श ऋषिको सम्मान स्वरुप आजको दिन मा महिलाहरुले नदिमा गएर अपमार्गको १०८ वटा डाक्ला प्रयोग गरि माटो या शुद्द चीज बाट स्नान गरि  पन्चभाग्य अर्थात  दूध,दहि,घिउ,दुबो,कुश र गोबर मिसाएर तामाको भाडामा राखेर केही क्षण पश्चात त्यो सेवन गर्ने सनातन परम्परा रहेको छ।

पन्चभाग्यको सेवन गर्नाले छाला सम्बन्धि रोग,क्षय रोग आदिको भय हुदैन भन्ने बैज्ञानिक आधार सहित बुझ्न सकिन्छ। 

यस्तो प्रकारले पुजा गर्दै रित अनुशार सम्पुर्ण देविदेवताहरुको उपसना पुजा गरि पुजा पुर्ण गरिसकेछी कसैले नरोपिकन उम्रिएको कन्दमुल हरुको सब्जी बनाई ग्रहण गर्नु  भन्ने शास्त्रीय मान्यता रहेको छ।