काठमाडौं— नेकपा (एमाले) निकट युवा संघको टोली काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध उजुरी लिएर साइबर ब्युरो जाने भएको छ ।
सामाजिक सञ्जालमार्फत अशोभनीय गालीगलौज गरेको आरोपमा उजुरी दर्ता गर्न लागेको संघका अध्यक्ष क्षितिज थेबेले बताए ।
उनका अनुसार टोली आज दिउँसो २ बजे साइबर ब्युरो पुग्नेछ ।
यसअघि अनेरास्ववियुले पनि जेनजी आन्दोलनमा बालेनको संलग्नता रहेको आरोपसहित प्रहरीमा उजुरी दिएको थियो ।






































