काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सागर डिष्टिलरी लिमिटेडको सेयर सूचिकृत भएको छ।
आज बिहीबार कम्पनीको ७२ लाख ६० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो।
कम्पनीले सर्वसाधारणमा जारी गरेको १४ लाख ५२ हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ५८ लाख ८ हजार कित्ता सेयर गरी कुल ७२ लाख ६० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो।
पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०६ रुपैयाँ ५२ पैसादेखि ३१९ रुपैयाँ ५६ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ।
सोही रेञ्जका आधारमा आगामी आइतबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित दोस्रो बजारमा कम्पनीको सेयर कारोबार हुनेछ।
नेप्सेले कम्पनीलाई एसएजीएआर स्टक टिकर प्रदान गरेको छ।






































