प. पुरण भट्टराई

यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात्।

OM Sai Pathibhara Hospital

आयुष्यमग्रं प्रतिमुंच शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः

आज जनै पुर्णिमा अर्थात् जनै फेर्ने दिन। जनै फेर्दा हामी यहि श्लोक बोल्दछौं। यज्ञोपबित अर्थात  जनै अत्यन्त पबित्र छ यो प्रजापती बाट चलिआएको संस्कार हो। यो धारण गर्नाले आयु वल तेज बढ्दै शुभ हुँदै जानेछ । जनैको अर्थ जान्नु  पनि हो। हामी मानिस जन्मदा निर्दोष र अज्ञानी हुन्छौ। हामी सबै कुरा जानेर जन्मिएका हुदैनौ ,यसै अनुसार विभिन्न कर्मकाण्ड गरी हाम्रो संस्कारहरुको विकास गरिन्छ ।

जन्मिए पछि ११ दिनको दिन नामकरण संस्कार गरिन्छ नाम राखिन्छ। अनि ६र७ महिना पुगेपछी दात पलाएपछी  अन्न्प्राशन गराइन्छ। अन्न खान सिकाइन्छ। यसरी संस्कारहरुको बिकास गरिन्छ।यस्तै संस्कार हरु मध्ये परापुर्वकालमा बालकलाई गुरुकुलमा पठाउने परम्परा अनुसार ब्रतवन्ध गरी गुरु कहाँ पठाउने र गुरुले शिष्यको प्राज्ञचक्षु खोलीदिने भएकोले ब्रतबन्धलाई उपनयन अर्थात थप द्रुष्टी पनि भनिन्छ।

व्रत भनेको नियममा बस्ने संकल्प हो भने बन्ध भनेको त्यसप्रतिको दृढता हो, त्यसलाई नछोड्ने थप प्रतिबद्धता हो । जनै पुर्णिमा कै दिन जनै फेर्नुको अर्थ यो हो कि पुर्णिमा पुर्ण तिथि हो तेसैले व्यबहारमा हामी पुर्ण रुपमा लाग्न अब पक्व भयौ  हाम्रो काधमा पुर्णरुपमा व्यबहार जिम्मेवारीहरु आयो है भन्ने तात्पर्य पनि हो। तेसैले पुर्णिमाकै दिन जनै फेर्ने नदिमा गएर स्नान ध्यान गर्ने परम्परा चलिआएको हो।

अब लागौ रक्षा बन्धनको पौराणिक शास्त्रीय कथन तर्फ श्रीमद्भागवत  अष्टमस्कन्ध कथा अनुसार भगवान बिष्णुले स्वर्गका देवताको रक्षाको लागि  वामन अवतार धारण गरि बलिराजाका यज्ञमा गएर   ३ पाउ पृथ्वी दिनुहोस् भन्दा  पहिलो पाउमा सबै पृथ्वी , दोस्रोमा ब्रम्हलोक सहित अतल बितल सुतल आदि सबैलोक नाप्नुभयो तेस्रो शिर कहाँ राखु भनेर बलिलाई सोद्दा मेरो घमण्डले भरिएको यो शिर अझै बाकी छ तेसैले  शिरमा राख्नुहोस् भन्नुभयो , तब  बलिराजाको घमण्डचुर्ण गरिसकेपस्चात् भगवानले म तिमिबाट प्रसन्न छु तेसैले यो स्वर्ग देवतालाई देउ तिमिलाई म पातलको राजा बनाउछु अनि तिम्रो राज्यमा म स्वयम् तिम्रो द्वारपाल बनेर बस्नेछु। 

भनेर वचन दिनुभयो सोही वचन अनुरुप भगवान द्वारमा बसेपछी,माता लक्ष्मि बैकुण्ठमा एक्लै हुनुभयो अनि भगवानलाई खोज्दै जादा आफ्नो पति त पातलमा जानुभएको भन्ने था पाएर शृङ्गार नगरी साधरण युवती बनेर बलिका मा जानुभयो बलिले चिनेन् अनि तिमी को हौ भनेर सोद्दा मेरो दाजु भाइ माइती छैनन् मैले सुनेकी बलि राजाका पनि दिदी बैनी छैनन् भनेर  म तिमिलाई धर्म भाइ बनाउन चाहान्छु मलाई दि दि बनाउ भन्दा राजाले स्विकार गरेर राखे।एकदिन श्रावण शुक्लपक्ष पुर्णिमा तिथि आयो  माता लक्ष्मिले भाइ बलिलाई भनेर एउटा राखी ल्याएर बाधिदिनुभयो। बलिले पनि दिदिलाई राखी  बाधिदिनु भयो ।सोही पौराणिक शास्त्रीय कथन अनुसार राखी अर्थात् डोरो बान्ने परम्परा चलेर आयो।