काठमाडौँ / कीर्तिपुर नगरपालिकाले कोरोना भाइरसका कारण नेवार समुदायको महत्वपूर्ण पर्व सापारु (गाईजात्रा) औपचारिकतामा सीमित गरेको छ । 

कोरोनाबाट बच्न सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै मृतकको सम्झनामा लगिने ताहा साँ परिक्रमाका क्रममा बढीमा २५ जना मात्र सहभागी गर्न नगरपालिकाले आग्रह गरको छ ।  

OM Sai Pathibhara Hospital

उहाँका अनुसार मृतकको सम्झनामा लगिने ताहा साँ परिक्रमाका क्रममा बढीमा २५ जना मात्र सहभागी हुन दाफा, भजन, सांस्कृतिक समूह, बाजा खलः लगायत सबैमा अनुरोध गर्ने काठमाडौँ महानगरपालिकाको निर्णयअनुसार जात्रा मनाइएको छ ।

नगर प्रमुख रमेश महर्जनले कोरोना सङ्क्रमणको जोखिम यथावत् रहेको हुँदा यस वर्षको जात्रा औपचारिकतामा सीमित गरी परम्परा धान्ने काम गरिएको  बताए । 

कीर्तिपुरमा यस जात्रालाई विशेषगरी आज मात्र मनाउने गरिएको छ । नगर उपप्रमुख एवं प्रवक्ता सरस्वती खड्काका अनुसार कोरोनाका कारण अहिले नागरिक आफै सचेत भई स्वास्थ्य मापदण्ड अपनाएर नागरिक जात्रामा सहभागी भएका छन् । 

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृतक व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत पनि गाइन्छ ।