धर्म/संस्कृति

    Showing 941-950 of 977 items.
  • मनकामनामा दर्शनार्थीको सङ्ख्या बढ्दै

    मुग्लिन / गोरखाको मनकामना मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको संख्या बढ्दै गएको छ।कोरोना महामारीले लामो समय बन्द भई भदौ २३ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएका हुन्।हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको संख्या वृद्धि हुँदै गएको मनकामना मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिए।शनिबार एकैदिन नौ हजार बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन्। तीमध्ये छ हजारभन्दा बढी दर्शनार्थी मनकामना केबलकार चढेर मनकामना दर्शन गर्न पुगेका छन्।मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले शनिबार एकैदिन छ हजार ७०० ले केबलकार चढेको बताए।उनका अनुसार कोरोना महामारीका का

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 122 पटक पढिएको
  • कमला नदीमा भूत मेला

    सिरहा / कात्तिक पूर्णिमामा कमला नदीको दृश्य रोमाञ्चक बनेको छ । पहेँलो धोती र सारीमा सजिएका नयाँ धामीझाँक्री हातमा बलेको आगोसहितको माटोको ढकना (भाडा) र बेतको लाठी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै यहाँ आउने गर्छन् ।सूर्योदयसँगै एका बिहानै हजारौँ नवधामीझाँक्री कमला नदीको पवित्र जलमा डुबुल्की लगाई गुरुहरुद्धारा शपथ लिने काम सम्पन्न भएको छ । बिहीबार रातिबाटै  कमलानदी किनारमा भगत (देउता) खेल्नेको घुइँचो लागेको थियो । प्रत्येक भगतासँग रहेका २० देखि २५ को समूह भगतै (भगता) लाई प्रश्न गर्ने गीत गाउने गर्दछन् ।‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी..’ यस्तै यस्तै आ–आफनो इष्ट देवताको हरुको

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • 122 पटक पढिएको
  • आज ५८० वर्ष यताकै लामो चन्द्र ग्रहण लाग्दै

    काठमाडौँ / आज मंसिर ३ गते खण्डग्रासचन्द्र ग्रहण लाग्दैछ ।  आज लाग्ने चन्द्र ग्रहण ५८० वर्ष पछिको सबैभन्दा लामो ग्रहण हो । यो चन्द्र ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेन्ड लामो हुनेछ ।यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्र ग्रहण लागेको थियो । यति लामो चन्द्र ग्रहण अब ८ फेब्रुअरी २६६९ मा मात्र लाग्नेछ ।आज लाग्ने चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । एसिया, अमेरिका, उत्तरी युरोप, अस्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिने यो ग्रहण दिउँसो १ बजेर ३ मिनेटबाट दिउँसो ४ बजेर ३२ मिनेटसम्म रहनेछ ।खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बीचमा पृथ्वीमा पर्दा चन्द्

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • 125 पटक पढिएको
  • प्रेम र समर्पणको पर्व सामाचकेवा समापनको सङ्घारमा

    महोत्तरी / मिथिलामा दाजुभाइ/दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने सामाचकेवा पर्व समापनको सङ्घारमा छ । मिथिलानी (मिथिलाका नारी) ले  दाजुभाइको सौर्य वृद्घिको कामनासहित मनाउने यो लोकपर्व कात्तिक शुक्ल पूर्णिमाका दिन समापन गरिने तयारी अहिले बढेको हो । मिथिलामा यो पर्व यसपालि शुक्रबार समापन गरिने छ ।छठ पर्वको खरना (कात्तिक शुक्ल पञ्चमी) का दिन सुरु भएर बोलीचालीमा ‘सामा’ भनिने यो पर्व ११ दिनसम्म मनाइने चलन छ । अहिले कात्तिक पूर्णिमा नजिकिएर यो पर्व समापनको तयारी अघि बढेसँगै मिथिलानी आफ्ना दाजुभाइलाई डाक्न ब्यस्त छन् । पर्वको समापनमा दाजुभाइबाट सामाचकेवा खेलका माटाका आकृति घुँडाम

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 134 पटक पढिएको
  • कात्तिक नाचको आज अन्तिम दिन हिरण्यकश्यपु वध मञ्चन गरिने

    काठमाडौं / पाटनको मणिगल क्षेत्र ‘कात्तिक डबली’ मा आज कात्तिक नाचको अन्तिम दिन आज नृसिंह अवतार–हिरयण्यकश्यपु वध मञ्चन गरिने भएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्परानुसार साँझ सो नृत्य प्रदर्शन गरी यो वर्षको नृत्य समापन गर्न लागिएको हो । भगवान विष्णु अनि दैत्यराज हिरण्यकश्यपु तथा भक्त प्रल्हादको कथामा आधारित नृत्य प्रदर्शन गरिने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए । सो नाटकमार्फत अरुलाई अन्याय तथा अत्याचार गर्न नहुने यदि गरेमा आफू पनि उक्त जालमै परिने सन्देश छर्न खोजिएको अध्यक्ष चित्रकार बताउँछन् ।विसं १

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 116 पटक पढिएको
  • फ्रान्समा संस्कृतिविद् सत्यमोहन जोशीको प्रतिमा !

    काठमाडौँ / फ्रान्स सरकारले आफ्नो एक शहरमा शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको प्रतिमा बनाउने भएको छ । शताब्दी पुरुष जोशीको प्रतिमा फ्रान्सको एक सहरमा बनाउने समझदारी पत्रमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आज हस्ताक्षर गर्ने भएका छन् । मेयर महर्जन मेयरहरूको सम्मेलनमा सहभागी हुन फ्रान्सका मेयर इस्कुदेलारोको निमन्त्रणामा गत बुधबार फ्रान्स पुगेका छन् । मेयर महर्जनको आज फ्रान्सका प्रख्यात कविको सालिक ललितपुर महानगरपालिकामा र एक सय दुई वर्षका वाङ्मय शताब्दी पुरुष, संस्कृतिविद् सत्यमोहन जोशीको प्रतिमा फ्रान्सको एक सहरमा राख्ने सन्दर्भ लगायतका समझदारी पत्रमा हस्त

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • 121 पटक पढिएको
  • खोटाङमा धार्मिक मेलाका लागि दुई दिन सार्वजनिक बिदा

    खोटाङ / खोटाङको बराहपोखरीमा लाग्ने धार्मिक मेलाकालागि बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । हरिबोधनी एकादशीका अवसरमा एक हप्ता लाग्ने उक्त मेलाका लागि भन्दै गाउँपालिकाले कात्तिक २८ र २९ गते सार्वजनिक बिदा दिएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई सभ्य र भव्य बनाउन दुई दिन सार्वजनिक बिदा दिएको बताइएको छ । मेलालाई व्यवस्थित बनाउन दुवै गाउँपालिका तथा बराहपोखरी विकास समितिका तर्फबाट स्वयंसेवकसमेत परिचालन गरिएको छ ।मेलामा हुनसक्ने आपराधिक घटनालाई न्यून

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • 116 पटक पढिएको
  • हिन्दु र मुस्लिम समुदायबीच विवाद हुँदा जनकपुरमा निषेधाज्ञा घोषणा

    जनकपुर / प्रदेश २ को राजधानी जनकपुरधाममा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।छठ पर्वमा अर्घ्य दिनका लागि बनाउन लागेको घाटको विषयमा स्थानीय दुई समुदायबीच भएको विवादले शनिबार उग्ररूप लिएपछि प्रमुख जिल्ला अधिकारी इन्दुप्रसाद बास्तोलाले शनिबार २ बजेदेखि आइतबार राति १० बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन्।जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर –२० मा रहेको देवपुरा रुपैठास्थित तेलिया पोखरीमा छठ पूजाको लागि घाट निर्माण गर्ने विषयमा स्थानीयले अवरोध गरेपछि यो विवाद सुरु भएको थियो ।दुई समुदायबीच तनाव हुन थालेपछि शुक्रबार बास्तोलाले बैठक बोलाएर

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • 139 पटक पढिएको
  • मिथिलामा अमलाको फेदमा खाना खाएर अक्षय नवमी मनाइँदै

    महोत्तरी / महोत्तरीसहितका मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदैछ। कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाइएको हो। मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व सामूहिक भोजन गरिने रमाइलो चाडवाडमा गनिन्छ।पर्वमा कात्तिक शुक्ल नवमीका दिन अमला (धातृ) को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ। पर्व विशेषमा आज महोत्तरी जिल्लाका गाउँनगर बस्तीमा बिहानैदेखि युवापङ्क्ति सामूहिक भोजनको तयारीमा जुटेका छन्। यो पर्वमा घर नजिकै, बगैँचा वा वन क्षेत्रमै रहेको अमलाको रुखका फेदमा खानेकुरा पकाएर त्यही खाने चलन छ। पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी) सहित शाकाहा

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • 125 पटक पढिएको
  • उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व सम्पन्न

    धनुषा / व्रतालुहरूले आज (बिहीबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन गरेका छन् । देशभर व्रतालुहरूले तलाउ तथा पोखरी छेउ बनाइएका घाट अगाडि स्नान गरी उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।छठ पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन हुन्छ । व्रतालुहरूले बुधबार रातभर तलाउ, पोखरी तथा नदी किनारमा बनाइएका घाटमा बसेर दीप प्रज्वलन गरी छठ माताको आराधना गरेका थिए । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्य देवको आराधना, उपासना र पूजा गरिन्छ ।

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 108 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.