सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी मन्दिरबाट भगवतीको मूर्ति चोरी भएको छ । 

त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली बजारस्थित त्रिपुरासुन्दरी देवीको मन्दिरबाट सुनको जलप प्रयोग गरिएको  जिल्लाकै पुरानो र ऐतिहासिक मूर्ति चोरी भएको हो । 

OM Sai Pathibhara Hospital

मंगलबार राति अपरिचित युवकहरू बाइकमा आएर सयौँ वर्ष पुरानो भगवतीको एउटा, विष्णुको दुईवटा मूर्ति र कलश चोरको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले जानकारी दिए । 

यसअघि ०२५ र ०४२ सालमा गरी दुईपटक त्रिपुरासुन्दरी देवीको मन्दिरबाट मूर्ति चोरी भएको थियो ।