जनकपुर / प्रदेश २ को राजधानी जनकपुरधाममा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

छठ पर्वमा अर्घ्य दिनका लागि बनाउन लागेको घाटको विषयमा स्थानीय दुई समुदायबीच भएको विवादले शनिबार उग्ररूप लिएपछि प्रमुख जिल्ला अधिकारी इन्दुप्रसाद बास्तोलाले शनिबार २ बजेदेखि आइतबार राति १० बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन्।

OM Sai Pathibhara Hospital

जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर –२० मा रहेको देवपुरा रुपैठास्थित तेलिया पोखरीमा छठ पूजाको लागि घाट निर्माण गर्ने विषयमा स्थानीयले अवरोध गरेपछि यो विवाद सुरु भएको थियो ।

दुई समुदायबीच तनाव हुन थालेपछि शुक्रबार बास्तोलाले बैठक बोलाएर सहमति गराएका थिए। तर, एकाएक शनिबार हिन्दु समुदायले र्‍याली निकालेर जान खोजेपछि निषेधाज्ञा जारी गर्नुपरेको उनले बताए।

‘झडपमा केही प्रहरी घाइते छन्, स्थिति पूरै नियन्त्रणमा आएको छैन, प्रहरीले अश्रुग्यास प्रहार गरेर प्रदर्शनकारीलाई लखेटिरहेको छ,’ उनले भने।