धर्म/संस्कृति

    Showing 691-700 of 976 items.
  • हजरत मोहम्मद पैगम्बरको १४९९औँ जन्मजयन्ती आज

    काठमाडौं–इस्लाम धर्मावलम्बीले आज हजरत मोहम्मद पैगम्बरको १४९९औँ जन्मजयन्ती (मोहम्मद डे) मनाउँदैछन् । रवि–उल–अव्वल महिनाको १२ तारिखमा मनाइने यो पर्वका लागि मुस्लिम बस्तीहरू सरसफाइ, रङरोगन, र झिलीमिली बत्तीले सजिएका छन् ।बस्तीबस्तीमा सद्भाव र्यालीहरू आयोजना गरिएका छन् । आज इस्लाम धर्मावलम्बीले विशेष नमाज गरी हजरत मोहम्मदका उपदेश सुन्छन् र आपसी शुभकामना साटासाट गर्छन् । यो पर्वले सबैप्रति करुणा र धार्मिक सद्भावको सन्देश दिने विश्वास गरिन्छ । यस अवसरमा मधेस प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ भने संघ सरकारले पनि इस्लाम धर्मावलम्बीका लागि विदा दिएको छ । 

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 427 पटक पढिएको
  • नेपाली महिलाहरू आज ऋषिपञ्चमी पर्व मनाउँदै‚ सप्तऋषिको पूजा

    काठमाडौं–नेपाली नारीहरूले आज ऋषिपञ्चमी पर्व मनाउँदै अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरिरहेका छन् । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा महिलाहरूले नदी‚ ताल‚ पोखरीमा स्नान गरी गाईको गोबर‚ माटो र खरानी प्रयोग गरेर पवित्र हुने विश्वास गरिन्छ । धर्मशास्त्रविद्हरूका अनुसार रजस्वलाका समयमा कुनै त्रुटि भएमा ऋषिपञ्चमीको पूजा गर्नाले त्यसबाट मुक्ति मिल्ने धार्मिक मान्यता रहेको छ । सप्तऋषिको पूजा गरेपछि महिलाहरूले सामा‚ कन्दमूल लगायतका खाद्य पदार्थ खाएर एक छाक व्रत बस्ने गर्छन् । यस पर्वको अवसरमा काठमाडौँको टेकु‚ मूलपानीलगायतका मन्दिरमा पूजा गर्न महिला भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 559 पटक पढिएको
  • गोदान गर्दै हरितालिका तीज व्रत समापन

    काठमाडौं – भाद्र शुक्ल तृतीयाको दिनमा वर्तालुहरूले देवाधिदेव महादेवको पूजा आराधना गर्दै हरितालिका (तीज) पर्वको व्रत समापन गरेका छन् । शुक्रबार व्रत बसेका श्रद्धालुहरूले आज बिहान गोदान र पूर्णपात्र गरी विधिवत् व्रत समापन गरेका हुन् ।शास्त्रीय परम्पराअनुसार हरितालिका तीजको व्रत भोलिपल्ट बिहानमात्र समापन गरिन्छ‚ जसलाई उद्यापन भनिन्छ । वर्तालुले तीजको व्रतमा शिव–पार्वतीको पूजा गर्दै सुख‚ शान्ति‚ र कल्याणको कामना गरेका छन् । पार्वतीले सत्ययुगमा निराहार व्रत बसी महादेवलाई पतिका रूपमा प्राप्त गरेपछि यो व्रतको प्रचलन सुरु भएको थियो । व्रतमा नारीहरूले श्रीमानको दीर्घायु‚ परिवारको सुख–शान्ति‚ र मनो

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • 612 पटक पढिएको
  • तीज पर्व सामाजिक एकता र सद्भावको प्रतीक : राष्ट्रपति पौडेल

    काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले हरितालिका (तीज) पर्वले समाजमा भ्रातृत्व, सदाचार, आपसी एकता र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका निभाएको बताउनुभयो।तीजको अवसरमा राष्ट्रपति पौडेलले महिलाविरुद्ध हुने भेदभाव र हिंसाको अन्त्य गरी समतामूलक समाज निर्माणको अपेक्षा राख्नुभएको छ। उहाँले तीज पर्वले सामाजिक, सांस्कृतिक र पारिवारिक एकता सशक्त बनाउँदै खुसी र मनोरञ्जन साटासाट गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।राष्ट्रपति पौडेलले नेपाली हिन्दू महिलाहरूको चाड तीजको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली महिलाहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना दिनुभएको छ। उहाँले तीज पर्

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 390 पटक पढिएको
  • हरितालिका तीज : महिलाको मात्रै पर्व होइन

    काठमाडौं–धर्मशास्त्रीय दृष्टिकोणले हरितालिका तीज व्रत महिला र पुरुष दुवैले गर्नुपर्ने भए तापनि समाजमा यो पर्व महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि मात्र गर्नुपर्छ भन्ने बुझाइ व्याप्त छ । व्रत गर्ने पुरुष विधुर हुनु नपर्ने‚ नारीले अटल सौभाग्य प्राप्त गर्ने‚ र अविवाहितहरू गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन छ ।आज भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीज पर्व भगवान् शिवको पूजा आराधना गरी मनाइँदैछ । शिव पार्वतीको पूजा‚ उपासना गर्दा पारिवारिक सुख‚ शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक मान्यता छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति पाउन गौरीघाटमा तपस्या गरेको कथन छ । तपस्याको

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 868 पटक पढिएको
  • हरितालिका तीज व्रत : परम्परा‚ आस्था‚ र सशक्तीकरणको पर्व

    काठमाडौं–भाद्र शुक्ल तृतीयाको दिन हिन्दू महिलाहरू भगवान् शिवको पूजा गरी व्रत बस्दै धूमधामका साथ आज हरितालिका तीज मनाउँदैछन् । यस पर्वको पौराणिक कथा अनुसार माता पार्वतीले भगवान् शिवलाई पतिदेवका रूपमा प्राप्त गर्न गरेको कठोर तपस्याबाट तीजको परम्परा सुरु भएको मानिन्छ । तीजमा निराहार र निर्जला व्रत बस्ने चलन छ । विवाहित महिलाहरूले परिवारको रक्षार्थ व्रत बस्दा अविवाहित महिलाहरू योग्य वर पाउन कामना गर्छन् । यस पर्वमा भगवान् शिवका मन्दिर, विशेष गरी पशुपतिनाथ मन्दिर, महिलाहरूको भीडले भरिने गर्छ । हरितालिका तीजको नाम ‘हरि’ (विष्णु) र ‘तालिका’ (सल्लाह) शब्दबाट उत्पन्न भएको मानिन्छ । यो पर्वले

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 588 पटक पढिएको
  • तीजमा पशुपति दर्शनका लागि भक्तजनलाई चार ढोकाबाट प्रवेशको व्यवस्था

    काठमाडौं–हरितालिका (तीज) पर्वमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर, र निःशुल्क पानी वितरणका साथै चार वटै सुरक्षा निकायले व्यवस्था मिलाएको जनाएको छ । भक्तजनलाई सहज प्रवेशका लागि चार स्थानबाट लामको व्यवस्था गरिएको छ । कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट तिलगङ्गा पर्यटक टिकट काउन्टर हुँदै मन्दिर प्रवेश।मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने व्यवस्था।गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट आगमन।गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै मन्दिरमा प्रवेश।मुख्य मन्दिरभित्र प्रत्येक ढो

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 321 पटक पढिएको
  • आज कुशे औँसी तथा बाबुको मुख हेर्ने दिन

    काठमाण्डौ  ।   प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदै छन् ।शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ ।यसै अवसरमा छोराछोरी परम्पराअनुसार आआफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्।

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 510 पटक पढिएको
  • भव्य रूपमा मनाइँदै राधाकृष्ण रथयात्रा, कोशी प्रदेशमा बिदा

    काठमाडौं– विराटनगरमा ऐतिहासिक राधाकृष्ण आज रथयात्रा निकालिने भएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने यो रथयात्राको ९३ औँ संस्करण हो । विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे सुरु हुने रथयात्रा विराटनगर बजार क्षेत्रको करिब ८ किलोमिटरको परिक्रमा गरी पुनः मन्दिर परिसरमा आएर समापन हुनेछ । लाखौँ भक्तजन उपस्थिति रहने रथयात्रालाई दक्षिण एसियाकै दोस्रो ठूलो मानिन्छ । कोशी प्रदेश सरकारले यस वर्षको राधाकृष्ण रथयात्राका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ । रथयात्राका अवसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । विराटनगरमा विक्रम संवत १९८८ सालदेखि ‘खट’ यात्राबाट प्रारम्भ भए

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 455 पटक पढिएको
  • आज श्रीकृष्ण जन्माष्टमी धुमधामका साथ मनाइँदै

    काठमाडौँ–आज वैदिक सनातन हिन्दू धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी पर्व मनाइरहेका छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी भनिन्छ ।देशभरका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन भइरहेको छ । भक्तजनहरू व्रत बसी रातभर जाग्राम बसेर भगवानको पूजा आराधना गर्छन् ।पौराणिक ग्रन्थअनुसार श्रीकृष्णले अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गरेका थिए । उहाँले सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।काठमाडौँको पाटन,

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 710 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.