काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले हरितालिका (तीज) पर्वले समाजमा भ्रातृत्व, सदाचार, आपसी एकता र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका निभाएको बताउनुभयो।

तीजको अवसरमा राष्ट्रपति पौडेलले महिलाविरुद्ध हुने भेदभाव र हिंसाको अन्त्य गरी समतामूलक समाज निर्माणको अपेक्षा राख्नुभएको छ। उहाँले तीज पर्वले सामाजिक, सांस्कृतिक र पारिवारिक एकता सशक्त बनाउँदै खुसी र मनोरञ्जन साटासाट गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

OM Sai Pathibhara Hospital

राष्ट्रपति पौडेलले नेपाली हिन्दू महिलाहरूको चाड तीजको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली महिलाहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना दिनुभएको छ। उहाँले तीज पर्वको धार्मिक र सांस्कृतिक महत्वलाई सम्मान गर्दै विकृति र विसङ्गतिलाई हटाउने आग्रह गर्नुभएको छ।