काठमाडौं–नेपाली नारीहरूले आज ऋषिपञ्चमी पर्व मनाउँदै अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरिरहेका छन् । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा महिलाहरूले नदी‚ ताल‚ पोखरीमा स्नान गरी गाईको गोबर‚ माटो र खरानी प्रयोग गरेर पवित्र हुने विश्वास गरिन्छ । 

धर्मशास्त्रविद्हरूका अनुसार रजस्वलाका समयमा कुनै त्रुटि भएमा ऋषिपञ्चमीको पूजा गर्नाले त्यसबाट मुक्ति मिल्ने धार्मिक मान्यता रहेको छ । सप्तऋषिको पूजा गरेपछि महिलाहरूले सामा‚ कन्दमूल लगायतका खाद्य पदार्थ खाएर एक छाक व्रत बस्ने गर्छन् । 

OM Sai Pathibhara Hospital

यस पर्वको अवसरमा काठमाडौँको टेकु‚ मूलपानीलगायतका मन्दिरमा पूजा गर्न महिला भक्तजनको घुइँचो लाग्ने गर्दछ ।