रसुवा। रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र बाढीका कारण मानिस फसेको आशंका गरिएपछि नेपाली सेनाको टोलीले गरेको खोजीमा कोही पनि फेला परेनन्।


इन्जिनियर र ड्रोनसहित सुरुङको अन्तिम बिन्दुसम्म पुगेको सेनाको टोलीले भित्री भागमा विस्तृत खोजी गरेको थियो। ड्रोनबाट समेत निगरानी गर्दा मानवीय उपस्थिति नदेखिएपछि सुरुङभित्र कोही फसेको आशंका टरेको सेनाले जनाएको छ।


खोजीका क्रममा कुनै व्यक्ति नभेटिएपछि उद्धार टोलीले अभियान सम्पन्न गरी रसुवाको धुन्चे फर्किएको छ। बाढीपछि सुरुङभित्र मानिस फसेको हुनसक्ने आशंकाले खोजी थालिएको थियो। पछिल्लो खोजीले उक्त आशंका गलत सावित गरेको हो।