काठमाडौं – भाद्र शुक्ल तृतीयाको दिनमा वर्तालुहरूले देवाधिदेव महादेवको पूजा आराधना गर्दै हरितालिका (तीज) पर्वको व्रत समापन गरेका छन् । शुक्रबार व्रत बसेका श्रद्धालुहरूले आज बिहान गोदान र पूर्णपात्र गरी विधिवत् व्रत समापन गरेका हुन् ।

शास्त्रीय परम्पराअनुसार हरितालिका तीजको व्रत भोलिपल्ट बिहानमात्र समापन गरिन्छ‚ जसलाई उद्यापन भनिन्छ । वर्तालुले तीजको व्रतमा शिव–पार्वतीको पूजा गर्दै सुख‚ शान्ति‚ र कल्याणको कामना गरेका छन् । 

OM Sai Pathibhara Hospital

पार्वतीले सत्ययुगमा निराहार व्रत बसी महादेवलाई पतिका रूपमा प्राप्त गरेपछि यो व्रतको प्रचलन सुरु भएको थियो । व्रतमा नारीहरूले श्रीमानको दीर्घायु‚ परिवारको सुख–शान्ति‚ र मनोकामना पूर्तिका लागि व्रत बस्छन्‚ भने पुरुषहरू पनि व्रत बस्छन् ।