काठमाडौं–इस्लाम धर्मावलम्बीले आज हजरत मोहम्मद पैगम्बरको १४९९औँ जन्मजयन्ती (मोहम्मद डे) मनाउँदैछन् । रवि–उल–अव्वल महिनाको १२ तारिखमा मनाइने यो पर्वका लागि मुस्लिम बस्तीहरू सरसफाइ, रङरोगन, र झिलीमिली बत्तीले सजिएका छन् ।
बस्तीबस्तीमा सद्भाव र्यालीहरू आयोजना गरिएका छन् । आज इस्लाम धर्मावलम्बीले विशेष नमाज गरी हजरत मोहम्मदका उपदेश सुन्छन् र आपसी शुभकामना साटासाट गर्छन् ।
यो पर्वले सबैप्रति करुणा र धार्मिक सद्भावको सन्देश दिने विश्वास गरिन्छ । यस अवसरमा मधेस प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ भने संघ सरकारले पनि इस्लाम धर्मावलम्बीका लागि विदा दिएको छ ।