धर्म/संस्कृति

    Showing ४७१-४८० of ९७९ items.
  • गाईजात्राको अवसरमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकको आवाज: पहिचानको स्वीकारोक्ति बिना समानता सम्भव छैन

    काठमाडौं— गाईजात्राको अवसरमा आइतबार राजधानी काठमाडौंमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले ‘प्राइड परेड’ निकालेर आफ्नो पहिचान, अधिकार र अस्तित्वका विषयमा सार्वजनिक सन्देश दिएका छन् ।नक्सालस्थित नारायणचौरमा भेला भएर सुरु गरिएको ‘प्राइड परेड’ बसन्तपुरसम्म पुगेर दीप प्रज्वलनका साथ सम्पन्न गरिएको थियो । यस कार्यक्रमको आयोजना यौनिक तथा लैङ्गिक अल्पसंख्यकका क्षेत्रमा क्रियाशील संस्था ब्लु डायमन्ड सोसाइटीले गरेको हो ।परेडमा सहभागी समुदायका व्यक्तिहरू विभिन्न जातीय पहिरनदेखि आधुनिक फेसनमा सजिएर र नारा सहित सहभागी भएका थिए । उनीहरूले गाईजात्रा जस्तै हास्यव्यङ्ग्यको माध्यमबाट आफ्नो पीडा, संघर्ष र पहिच

    • प्रकाशित मितिः साउन २६, २०८२
    • ६६४ पटक पढिएको
  • अन्तिम सोमबार डोलेश्वर महादेव मन्दिरमा दर्शन गर्दै भक्तजनहरू

    भत्तपुर— आज साउन महिनाको अन्ति‍म सोमबार । आज साउन महिनाको अन्तिम सोमबार भएकाले केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा भक्तजनको बाक्लो भीड लागेको छ । भगवान् शिवको आराधना, तीर्थ र व्रत गर्ने महिना भएकाले डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको हो । मेलामा काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न ठाउँबाट भक्तजन दर्शन गर्न आएका छन् । विसं २०६६ भदौ ६ गते केदारनाथको शिर घोषणा गरेपछि हरेक वर्षको साउन महिनाभर मन्दिरमा पूजापाठका लागि भक्तजनको भीड लाग्ने गरेको छ । 

    • प्रकाशित मितिः साउन २६, २०८२
    • ६८० पटक पढिएको
  • ‘अब हाँस्छ बर्दिवास’ : गाईजात्रामा हास्य र चेतनाको संगम

    बर्दिवास— गाईजात्राको अवसरमा सिस्नुपानी नेपाल महोत्तरीले शनिबार बर्दिवासमा आयोजना गरेको ‘अब हाँस्छ बर्दिवास’ विशेष हास्यव्यङ्ग्य महोत्सव उत्साहका साथ सम्पन्न भएको छ ।गौतम होटलको सभाहल हाँसो, ताली र रमाइलोको लहरले भरिएको थियो । अध्यक्ष नारद प्रसाद काफ्लेको अध्यक्षता, प्रदेश सभा सदस्य माननीय सारदा देवी थापाको प्रमुख आतिथ्य र नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीको विशिष्ट उपस्थितिले कार्यक्रमको गरिमा बढायो । उपाध्यक्ष जीवनराज दाहालले स्वागत मन्तव्य दिए भने सह–सञ्चालन विनोद ढुङ्गेल र रामकृष्ण भण्डारीले सुरुदेखि अन्त्यसम्म माहोल चुलाइरहे ।कार्यक्रममा कविता, गीत, नृत्य, जादु र प्रहसनजस्ता विविध प्रस्तु

    • प्रकाशित मितिः साउन २५, २०८२
    • ७६९ पटक पढिएको
  • आज गाईजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

    काठमाण्डौ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ ।एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक

    • प्रकाशित मितिः साउन २५, २०८२
    • ४०६ पटक पढिएको
  • हाडीगाउँमा गरियो फल्चा उद्घाटन, संस्कृति संरक्षणमा जोड

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ५ हाडीगाउँमा निर्माण गरिएको फल्चाको उद्घाटन गरिएको छ । शनिबार सम्पन्न एक कार्यक्रममा वडाध्यक्ष बिरेन्द्र प्रजापतिले फल्चाको उद्घाटन गरेका हुन् ।समारोहमा वडाध्यक्ष प्रजापतिले हाडीगाउँको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई संरक्षण गर्दै आधुनिक सुन्दर महानगर बनाउने उद्देश्यका साथ फल्चा निर्माण गरिएको बताए ।उनले भने, ‘हामी निर्वाचित भइसकेपछि सुन्दर महानगर बनाउने हाम्रो केन्द्रिय नीति अनुरूप हाडीगाउँलाई विशिष्ट पहिचान दिन प्रयास गरिरहेका छौं । यो ठाउँलाई जीवन्त बनाउनु हाम्रो लक्ष्य हो ।’उनका अनुसार फल्चा निर्माणमा करिब १५ देखि १६ लाख रुपैयाँ लागत लागेको छ । फल्

    • प्रकाशित मितिः साउन २४, २०८२
    • ३८२ पटक पढिएको
  • आज जनै पूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

    काठमाण्डौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्त्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिम

    • प्रकाशित मितिः साउन २४, २०८२
    • ५६९ पटक पढिएको
  • बुद्धका कारण नेपाल विश्वभर चिनिएको छ : मन्त्री पाण्डे

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध नेपालमा जन्मेका कारण पनि नेपाल विश्वमा चिनिएको बताएका छन् । गुरु पद्मसंभवको जन्म दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले बुद्धको जन्मस्थल लुम्बिनी भएको कारणले गर्दा नेपालप्रति आत्मीयता राख्ने राष्ट्रहरुको संख्या विश्वमै बढिरहेको उल्लेख गरे । उनले नेपाल वेद र बुद्धको भूमि भएको स्मरण गराउँदै भने ‘हामी बुद्ध र वेदको धरोहर बोकेको देश हौं, अब यसलाई सशक्त रूपमा विश्वसामु प्रस्तुत गर्नुपर्छ ।’हिमाली बौद्ध परम्परालाई उनले अघि बढाउनु मात्रै होइन, त्यसको प्रचार–प्रसारमा समेत ऐतिहासिक योगदान गर

    • प्रकाशित मितिः साउन १९, २०८२
    • ४९३ पटक पढिएको
  • साउन १५ अर्थात खीर खाने दिन

    काठमाण्डौ । ‘असार १५ दही-चिउरा खानू, साउनको १५ खीर’ याे भनाइ नेपाली समाजमा लाेकप्रिय रहेकाे छ । हरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलाे पर्वकै रुपमा मनाउने गरिन्छ । अाज पनि साउन १५, घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ ।वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन छ । यसकाे साँस्कृतिक मात्रै नभर्इ वैज्ञानिक महत्व पनि ठूलाे छ ।हुन त साउन महिनाभर खीर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा रहेको छ । नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषिकहरूले धान रोपेर काम सकेपछि खुस

    • प्रकाशित मितिः साउन १५, २०८२
    • ४३४ पटक पढिएको
  • आज नागपञ्चमी, नागको पूजाआराधना गरी मनाइँदै

    काठमाण्डौ । आज नागपञ्चमी पर्व परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइँदैछ ।नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।नाग पूजाको प्रचलन वैदिककालदेखि सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको ‘राजा’ मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाल

    • प्रकाशित मितिः साउन १३, २०८२
    • ३५७ पटक पढिएको
  • गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका दुई तीर्थालुको शव फेला

    रसुवा – रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित प्रसिद्ध धार्मिक स्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका दुई तीर्थालु मृत अवस्थामा फेला परेका छन्।जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख हेमबहादुर शाहीका अनुसार, मृतकहरूमा मोरङ, विराटनगरका करिब २८ वर्षीय सुजन ढकाल र मोरङ, बेलवारीका मनोज न्यौपाने रहेका छन्।उनीहरू साउन ११ गते शनिबार गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका थिए। घटनापछि खोज तथा उद्धारका लागि नेपाली सेना, श्रीनाथ गणबाट खटिएको टोलीले स्थानीय स्रोत र साधनको प्रयोग गरी उनीहरूको शव कुण्डबाट निकालिएको हो।नेपाली सेनाले शवहरू नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको जा

    • प्रकाशित मितिः साउन १२, २०८२
    • ७१२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.