भत्तपुर— आज साउन महिनाको अन्ति‍म सोमबार । आज साउन महिनाको अन्तिम सोमबार भएकाले केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा भक्तजनको बाक्लो भीड लागेको छ ।

Photo (11)

भगवान् शिवको आराधना, तीर्थ र व्रत गर्ने महिना भएकाले डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको हो । मेलामा काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न ठाउँबाट भक्तजन दर्शन गर्न आएका छन् ।

Photo (12)

विसं २०६६ भदौ ६ गते केदारनाथको शिर घोषणा गरेपछि हरेक वर्षको साउन महिनाभर मन्दिरमा पूजापाठका लागि भक्तजनको भीड लाग्ने गरेको छ । 

Photo (15)