बजार

    Showing ४१-५० of ५०१ items.
  • नाइमा मोबिलिटी एक्स्पो आज सकिँदै

    काठमाडौं / काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ । यही साउन २६ देखि सुरु भएको नाइमा एक्स्पो आइतबार आज समापन हुँदैछ ।६ दिनका लागि सुरु भएको मेलाको पाँचौँ दिन शनिबारसम्ममा लक्ष्यअनुसार अवलोकनकर्ता भृकुटीमण्डपस्थित एक्स्पोस्थल पुगिसकेको आयोजकको दाबी छ ।शनिबार एकैदिन ४२ हजार अवलोकनकर्ताले एक्स्पो भ्रमण गरेका आयोजकले जनाएको छ । यससँगै पाँच दिनमा मेला अवलोकनकर्ताको सङ्ख्या एक लाख ५० हजार नाघेको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन नाइमाले छ दिनमा डेढ लाखले मेला अवलोकन गर्ने अपेक्षा गरेको थियो । एक्स्पोको उद्घाटनका दिन यही स

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • १६० पटक पढिएको
  • ग्यासमा ठगी भेटिएपछि रिजालको उद्योगलाई झन्डै ३ लाख जरिबाना

    विराटनगर । उपभोक्ताको सुरक्षामाथि खेलबाड गरेको भेटिएपछि मोरङमा रिजालको भान्सा ग्यास उद्योगमाथि झन्डै ३ लाख रुपैयाँ जरिबाना गरिएको छ।बुढीगंगा–५ स्थित उद्योगमा गरिएको अनुगमनका क्रममा भरिएका १९ वटा सिलिन्डरको तौल जाँच गर्दा एउटामा तोकिएको भन्दा २४० ग्राम कम ग्यास भेटिएको थियो।त्यति मात्रै होइन, उद्योगले म्याद गुज्रिएका दुईवटा सिलिन्डरमा समेत ग्यास भरेर बजार पठाउने तयारी गरेको अनुगमन टोलीले फेला पारेको छ। म्याद नाघेका सिलिन्डर प्रयोग गर्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले यसलाई गम्भीर लापरबाहीका रूपमा लिइएको छ।उपभोक्ता हितविपरीतका यी गतिविधि भेटिएपछि जिल्ला प्रशासन, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्

    • प्रकाशित मितिः साउन २९, २०८३
    • २५७ पटक पढिएको
  • नेप्सेमा करेक्सन, कारोबार ४ अर्ब नाघ्यो

    काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा सामान्य गिरावट आए पनि बजारमा लगानीकर्ताको सक्रियता बढेको छ। शुक्रबार नेप्से ७.३७ अंक घटेर २६४३।८३ अंकमा झरेको हो।सूचक घटे पनि कारोबार रकम भने बढेको छ। बिहीबार ३ अर्ब ७२ करोडको कारोबार भएकोमा शुक्रबार ४ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।बजारमा १ सय ६४ कम्पनीको मूल्य घट्दा १ सय १ कम्पनीको बढेको छ भने १२ कम्पनी स्थिर रहे। समूहगत रूपमा अधिकांश सूचक राताम्मे भए पनि जीवन बीमा, माइक्रोफाइनान्स, सामूहिक लगानी कोष र अन्य समूहमा भने सामान्य सुधार देखियो।हालै सूचीकृत माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढेको छ। रकमका आधारमा खानीखोला ह

    • प्रकाशित मितिः साउन २९, २०८३
    • १२५ पटक पढिएको
  • एनसेलले लगानीकर्ताको गोपनीयता संरक्षणमा प्रश्न उठायो

    काठमाडौं / एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै लगानीकर्ताको गोपनीयता र व्यावसायिक सूचनाको सुरक्षामाथि प्रश्न उठाएको छ।कम्पनीले बिहीबार विज्ञप्ति जारी गर्दै सरकारले ‘एनसेलको शेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८०’ सार्वजनिक गरेपछि लगानीकर्ताको संवेदनशील व्यावसायिक सूचना संरक्षणसम्बन्धी विषय उठेको जनाएको हो।एनसेलका अनुसार छानबिनका क्रममा संकलन गरिएका लगानी, कारोबार, सम्पत्ति, पत्राचार तथा अन्य व्यावसायिक विवरण कानुनले संरक्षण गरेका सूचना हुन्।यस्ता विवरण अनुसन्धान वा कानुनी प्रक्रियाका लागि प्रयोग गर

    • प्रकाशित मितिः साउन २८, २०८३
    • १४६ पटक पढिएको
  • ४४ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन हुँदै

    काठमाडौं / सरकारले विगतका वर्षमा दशैँ–तिहारलाई लक्षित गरी सञ्चालन गर्दै आएको सुपथ मूल्य पसल यस वर्ष भने झण्डै एक महिनाअघि नै सञ्चालनमा ल्याइने भएको छ ।उपभोक्तालाई वर्षभरी नै दैनिक उपभोग्य वस्तुमा राहत दिने उद्देश्यले खाद्य तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि देशका ४४ जिल्लाका १९३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । कम्पनीको सातौँ वार्षिकोत्सवको अवसर पारेर सिंहदरबारभित्र पनि आजदेखि बिक्री कक्ष सञ्चालनमा आउने भएको छ । चाडपर्वका बेला बजारमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने र मूल्यसमेत बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै यस वर्ष विगतको तुलनामा छिट्टै सुपथ मूल्य पसल सञ्चालन गर्न लागि

    • प्रकाशित मितिः साउन २८, २०८३
    • १५१ पटक पढिएको
  • निर्माण क्षेत्रको सुस्तताले शिवम् सिमेन्टको व्यापार प्रभावित

    काठमाडौं / निर्माण क्षेत्रको सुस्त गतिविधि र बजारमा सिमेन्टको माग घट्दा शिवम् सिमेन्ट लिमिटेडको व्यापारमा असर परेको छ। आर्थिक वर्ष २०८२ र ८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको बिक्री आम्दानी र नाफा दुवैमा सामान्य गिरावट देखिएको छ। कम्पनीले समीक्षा अवधिमा ६ अर्ब ९२ करोड रुपैयाँको बिक्री आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ७ अर्ब ७६ करोड रुपैयाँभन्दा कम हो। बिक्री घटेसँगै कम्पनीको ग्रस प्रफिट पनि १ अर्ब ७२ करोड रुपैयाँबाट घटेर १ अर्ब ५९ करोड रुपैयाँमा सीमित भएको छ।समीक्षा अवधिमा कम्पनीले ७८ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको

    • प्रकाशित मितिः साउन २८, २०८३
    • १८८ पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं / नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार २ सयले घटेर ३ लाख ६ हजार ७ सय रुपैयमा कारोबार भएको छ ।  मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयामा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ७४५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो । 

    • प्रकाशित मितिः साउन २७, २०८३
    • १९७ पटक पढिएको
  • अण्डाको भाउ बढ्यो, किसानको संकट हटेन : माग बढ्दा पनि लागत धान्न धौ–धौ

    चितवन । बजारमा अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन्। तर अण्डाको मूल्य बढे पनि उत्पादन लागत धान्न नसकेको भन्दै किसानको संकट भने कायमै रहेको व्यवसायीहरूले बताएका छन्।नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य तोकेको हो। जसअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ, ठूलो अण्डा ५४५ रुपैयाँ र मिडियम अण्डा ५०० रुपैयाँ कायम गरिएको छ। सानो अण्डाको मूल्य भने प्रतिपेटी ३ हजार रुपैयाँ तोकिएको छ।व्यवसायीका अनुसार पछिल्लो समय अण्डाको माग बढ्नुको मुख्य कारण उत्पादन घट्नु हो। बर्डफ्लुको संक्रमणका कारण ठूलो संख्यामा कुखुरा मर्नु, किसानले व्यवसायबाट ह

    • प्रकाशित मितिः साउन २६, २०८३
    • २४० पटक पढिएको
  • भृकुटीमण्डपमा नाइमा एक्स्पोको रौनक, ५५ ब्रान्डका सवारीसाधन प्रदर्शनमा

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ औपचारिक रूपमा शुरु भएको छ ।एक्स्पो आजदेखि साउन ३१ गतेसम्म सञ्चालन हुने छ । ५५ ब्रान्डको सहभागिता रहने एक्स्पोमा विभिन्न कम्पनी तथा ब्रान्डका नयाँ सवारीसाधनहरू प्रदर्शनमा राखिएका छन् । एक्स्पोमा ४४ ओटा नयाँ गाडी लन्च हुने आयोजकले बताएको छ ।

    • प्रकाशित मितिः साउन २६, २०८३
    • २१० पटक पढिएको
  • ६४ सय रूपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडों / नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ हजार चार सय रूपैयाँले बढेर तीन लाख सात हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला तीन लाख एक हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा चार हजार ६ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार ७ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। 

    • प्रकाशित मितिः साउन २६, २०८३
    • १७५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.