काठमाडौं । साउन महिना नेपाली समाजमा हरियाली, व्रत–पूजा र हरियो तरकारीसँग जोडिने महिना मानिन्छ । तर यही महिनामा भने काठमाडौंको लगनखेल तरकारी बजारका व्यापारीहरू व्यापारमा मन्दी आउँदा चिन्तित छन् ।तरकारीको मूल्य बढेको, उपभोक्ताको खरिद क्षमता घटेको र धेरैले आफ्नै कौसी तथा करेसाबारीमा उत्पादन भएको तरकारी प्रयोग गर्न थालेपछि बजारमा ग्राहकको चहलपहल भएपनि किनमेल भने न्यून भएको व्यापारीहरू बताउँछन् ।लगनखेलमा बिहानैदेखि विभिन्न जिल्लाबाट ल्याइएका ताजा तरकारी सजाइए पनि धेरैजसो साँझसम्म बिक्री नहुँदा व्यापारीहरू घाटा बेहोर्न बाध्य छन्।ताजा तरकारी अर्को दिनसम्म राख्न नमिल्ने भएकाले अन्तिम समयमा सस्तो मूल्य
काठमाडौं । नेपाली सेयर बजारमा लगातार चौथो कारोबार दिन पनि गिरावट कायम रहेको छ। बिहीबार नेप्से परिसूचक १६.२९ अंकले घटेर २६७२ बिन्दुमा झरेको छ भने यससँगै यो सातामात्रै बजार ६२ अंकले ओरालो लागेको छ।बजारसँगै कारोबार रकम पनि खुम्चिएको छ। अघिल्लो दिनको ४ अर्ब २ करोड रुपैयाँको कारोबार घटेर बिहीबार ३ अर्ब ३८ करोड रुपैयाँमा सीमित भयो। आज ५९ कम्पनीको सेयर मूल्य बढ्दा २०६ कम्पनी घटेका छन् भने ११ कम्पनीको मूल्य स्थिर रह्यो।बैंकिङदेखि जलविद्युत्, विकास बैंक, बीमा, होटल तथा पर्यटन, उत्पादन, माइक्रोफाइनान्स र व्यापारसम्म सबै समूहगत सूचक राताम्मे बने। विकास बैंक र जलविद्युत् समूहमा सबैभन्दा धेरै गिरावट देखियो
काठमाडौं / नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँमा कारोवार भैइरहेको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँमा कारोवार भैइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं / लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्दै आजदेखि बिक्री आवेदन खुला गरेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्कासन गरेको हो । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ । निष्कासन गरिने कुल ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत उपलब्ध गराइनेछ ।सार्वजनिक निष्कासनतर्फ छुट्याइएकोमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुर
काठमाडौं / कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको २ लाख ५८ हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको जनाएको हो । बिक्रीमा राखिएको सेयर खरिदका लागि हालका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालस्थित बैंकको केन्द्रीय कार्यालयमा पुग्ने गरी आवेदन पेश गर्नुपर्नेछ ।सेयरको बिक्री मूल्य भने सम्बन्धित बिक्रेता सेयरधनीहरूले निर्धारण गरे
काठमाडौं / नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । सोमबार पनि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएका थियो । यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ ।आज चाँदीको मूल्य ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं । साताको पहिलो कारोबार दिन उत्साहजनक सुरुआत गरेको सेयर बजार अन्तिम समयसम्म टिक्न सकेन। कारोबारको बीचमै उच्च विन्दु छोएको नेप्से अन्त्यमा तीव्र दबाबमा पर्दै ३३.२८ अंकले घटेर २७०१ बिन्दुमा झरेको छ। बजार खुलेपछि खरिदकर्ता सक्रिय देखिए पनि दिउँसोपछि बिक्री चाप ह्वात्तै बढ्दा अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लाग्यो। कुल २७५ कम्पनीमध्ये २३५ कम्पनीको मूल्य घट्दा केवल ३५ कम्पनीको मूल्य बढ्न सफल भए भने ५ कम्पनी स्थिर रहे।बजार घटे पनि कारोबार रकम भने उल्लेखनीय रूपमा बढ्यो। अघिल्लो दिनको ४ अर्ब ६७ करोड रुपैयाँको तुलनामा सोमबार ६ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ, जसले बजारमा सक्रियत
काठमाडौं / उपत्यकाको सहरी वातावरणलाई स्वच्छ, हराभरा र वातावरणमैत्री बनाउने उद्देश्यका साथ बल्खु खोला करिडोर जिरो प्वाइन्टदेखि प्रहरी चौकीसम्म क्षेत्रमा वृहत् वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।रोटरी क्लब अफ कीर्तिपुरको संयोजन एवं कीर्तिपुर नगरपालिकाको समन्वयमा भएको उक्त कार्यक्रममा रोटरी क्लब अफ नेपाल मण्डल, रोटरी क्लब अफ बालाजु, रोटरी क्लब अफ ज्ञानेश्वर, रोटरी क्लब अफ काठमाडौँ सर्कल, रोटरी क्लब अफ ठिमी र रोटरी क्लब अफ बागलुङको संयुक्त सहभागिता रहेको थियो ।रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानले वर्ष २०२६–२७ का लागि सञ्चालन गरेको ‘१,००,००० वृक्षारोपण अभियान’ र जुलाई २
काठमाडौं । बैंकिङ प्रणालीमा लगानी हुन नसकी ठूलो परिमाणमा रकम थुप्रिन थालेपछि नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बजारबाट फिर्ता तान्ने निर्णय गरेको छ। अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले १७९ दिनका लागि निक्षेप संकलन उपकरण जारी गरेको हो।राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा खर्बौँ रुपैयाँ लगानीयोग्य पुँजी निष्क्रिय रहेकाले मौद्रिक व्यवस्थापनअन्तर्गत यो रकम प्रशोचन गर्न लागिएको हो। निक्षेप संकलनको बोलकबोल सोमबार नै हुनेछ।इच्छुक वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यस निक्षेपको साँवा र ब्याज आगामी माघ ८ गते भु
काठमाडौं । बजारमा एलपी ग्यास अभाव भएको चर्चा चलिरहेका बेला ग्यास उद्योगीहरूले आपूर्ति नघटेको स्पष्ट गर्दै उपभोक्तालाई अनावश्यक रूपमा जगेडा ग्यास नराख्न आग्रह गरेका छन्। उद्योगीका अनुसार कृत्रिम माग बढेकाले केही स्थानमा अस्थायी अभाव देखिएको हो।नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्द ले भारतबाट आउने ग्यासको परिमाणमा कुनै कमी नआएको दाबी गर्दै अहिले पनि दैनिक करिब १०० बुलेट ग्यास नेपाल भित्रिरहेको जानकारी दिए। उनका अनुसार समस्या उत्पादन वा आयातमा होइन, एकैपटक धेरै उपभोक्ताले जगेडाका सिलिन्डर भर्न थालेपछि वितरण प्रणालीमा दबाब परेको हो।उद्योगीहरूले आवश्यकताभन्दा बढी ग्यास घरमा थुपार्ने प्र
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.