बजार

    Showing २८१-२९० of ५०१ items.
  • आज सेयर बजार बन्द

    काठमाडौं –  आज सेयर बजार (नेप्से), बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरू बन्द रहनेछन्। शुक्रबार सरकारले काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको कारण सेयर कारोबार पनि रोकिएको हो । अब कारोबार सोमबारदेखि मात्र पुनः सुरु हुनेछ । 

    • प्रकाशित मितिः साउन २५, २०८२
    • ६३७ पटक पढिएको
  • दार्चुलाको मालिकार्जुनमा सामाजिक सुरक्षा भत्ता लिन पिठ्युँमा बोकेर सदरमुकाम जानुपर्ने बाध्यता

    दार्चुला —दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकाका विकट वडाहरू — वडा नं. ५ डाँडाकोट, वडा नं. ६ उकुँबाकु र वडा नं. ७ जैलजिविमा रहेका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलाहरूले अझै पनि सामाजिक सुरक्षा भत्ता लिन सदरमुकाम दार्चुला पुग्नुपर्ने बाध्यता झेलिरहेका छन्।स्थानीयवासीहरूका अनुसार वृद्ध, अशक्त र बिरामी नागरिकहरूलाई ३ देखि ४ घण्टा लामो कठिन यात्रा, उकालो–ओरालो, जंगल र जोखिमपूर्ण बाटो हुँदै पिठ्युँमा बोकेर लैजानुपर्ने स्थिति अझै पनि यथावत छ। कतिपय अवस्थामा दुई दिनसम्म सदरमुकाममा बस्नुपर्ने, त्यसको खर्च समेत आफ्नै काँधमा पर्ने गरेको छ।उनीहरू भन्छन् —"भत्ता पाइन्छ तर कति सास्ती बे

    • प्रकाशित मितिः साउन १९, २०८२
    • १,४२५ पटक पढिएको
  • १ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।बुधबार सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ९४ हजार ४ सयमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलाको १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । आज चाँदी २ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १४, २०८२
    • ४२६ पटक पढिएको
  • लोडसेडिङ भन्ने भ्रम फैलाउनु गलत – प्राधिकरणको स्पष्ट जवाफ

    काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले चनौली वितरण केन्द्रले साउन १६ गतेका लागि जारी गरेको लोड व्यवस्थापन तालिकाले सिर्जना गरेको अन्यौल र त्यसमा आएका सामाजिक अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ।प्राधिकरणका अनुसार, चनौली ३३/११ के.भी. सबस्टेसनमा न्यू भरतपुर (बसेनी) सबस्टेसनबाट आउने ३३ के.भी. लाइनमा अत्यधिक सोड (लोड) बढेपछि समस्या उत्पन्न भएको हो र यसलाई समाधान गर्न काम भइरहेको छ।चनौली क्षेत्रको मागलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न बसेनी १३२ के.भी. सबस्टेसनदेखि चनौली सबस्टेसनसम्म नयाँ ३३ के.भी. लाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको र यो पूरा भएपछि समस्या दीर्घकालीन रूपमा समाधान हुने प्रा

    • प्रकाशित मितिः साउन ११, २०८२
    • ६८७ पटक पढिएको
  • काठमाडौँ र पोखरामा जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

    काठमाडौँ — जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ र पोखरामा गरी १६ जना पक्राउ परेका छन्।शनिबार दिउँसो, काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१ सिमलीगाउँस्थित श्याम तामाङको टहरामा जुवा खेल्दै गरेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। रामेछापको मन्थली नगरपालिका–६ स्थायी घर भई हाल बूढानीलकण्ठमा बसोबास गर्दै आएका ३९ वर्षीय श्याम तामाङ पनि पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीले नगद ५० हजार ३३० रुपैयाँसहित पक्राउ गरेको हो।त्यसैदिन साँझ, पोखरा महानगरपालिका–६ लेकसाइडस्थित होटल लेक टप एण्ड रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा रेष्टुरेन्टका सञ्चालक चिन्तामणि अधिकारीसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। चिन्

    • प्रकाशित मितिः साउन ११, २०८२
    • ४६७ पटक पढिएको
  • तरकारी किन्न आएकी महिलाको घाँटीबाट सुनको सिक्री लुटेर फरार भएका दुई जना पक्राउ

    काठमाडौं — तरकारी किन्न आएकी महिलाको घाँटीबाट सुनको सिक्री लुटेर फरार भएका दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २१ वर्षीय कौशल बस्नेत र २६ वर्षीय मिलन तामाङ रहेका छन्।घटनास्थल काठमाडौं महानगरपालिका–१६ स्थित माछापोखरी पुल नजिकको तरकारी बजार हो, जहाँ शनिबार तरकारी किनमेल गरिरहेकी ५२ वर्षीया लक्ष्मी घिमिरेको दुई तोलाको सुनको सिक्री लुटिएको थियो। घिमिरे काठमाडौं महानगरपालिका–२६, सामाखुसी टाउन प्लानिङमा बसोबास गर्छिन्।घटना लगत्तै पीडित घिमिरेले प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरीका आधारमा खोजी थालेको प्रहरीले माछापोखरीस्थित कुमारीस्थान मन्दिर नजिकबाट लुटपाटमा संलग्न दुबै जनालाई

    • प्रकाशित मितिः साउन ११, २०८२
    • ३९५ पटक पढिएको
  • एक हजार एक सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं – नेपाली बजारमा आज(आइतबार)सुनको मूल्य एक हजार एक सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले घटेर एक लाख ९३ हजार ६ सयमा कारोबार भइरहेको छ ।यसअघि गत हप्ताको शुक्रबार सुन तोलाको एक लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ५० रुपैयाँले घटेर चाँदी दुई हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ११, २०८२
    • ५८१ पटक पढिएको
  • सुनसरीमा १३ लाखभन्दा बढी मूल्यको लत्ताकपडा र तीन मोटरसाइकल सशस्त्र प्रहरीद्वारा बरामद

    मोरङ — सुनसरी जिल्लाको गढी गाउँपालिका–२, औरावनीबाट सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छलेर भारतबाट ल्याइएको १३ लाख ९४ हजार १ सय रुपैयाँ बराबरको लत्ताकपडा सहित तीन वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।सशस्त्र प्रहरी बल नेपाल, नम्बर ४ गण सुनसरीका अनुसार को १९ प ९०९२, प्र १–०२–०३६ प ३६०८, र को ३ प १२० नम्बरका मोटरसाइकलहरूमा ती सामानहरू राखिएको थियो। ती मोटरसाइकलमार्फत भारतबाट लत्ताकपडा अवैध रूपमा नेपाल ल्याउने प्रयास भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो।सशस्त्र प्रहरीको गस्ती टोली देखेपछि सामान ओसारपसारमा संलग्न व्यक्ति फरार भएको र मोटरसाइकलहरू त्यहीँ छाडेर भागेको जनाइएको छ।

    • प्रकाशित मितिः साउन ९, २०८२
    • १,१६६ पटक पढिएको
  • यी ६ निर्माण कम्पनी परे कालो सूचीमा

    काठमाडौं – सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो । जिम्मा लिएको काम समयमै पूरा नगर्ने ति निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एकदेखि तीन वर्षको लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।

    • प्रकाशित मितिः साउन ९, २०८२
    • ५८३ पटक पढिएको
  • रेशम चौधरीको चेतावनी : केन्द्रीय समितिमा जवाफ दिनुस्, भाग्न पाइँदैन

    काठमाडौं — नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता चौधरीले आफूमाथि लागेको आरोपको जवाफ केन्द्रीय समिति बैठकमा आएर दिनुपर्ने बताएका छन्।भिडियो सन्देशमार्फत रेशम चौधरीले अध्यक्ष रञ्जितालाई "भाग्न नपाउने" भन्दै पार्टीको बैठकमा स्पष्ट रूपमा उपस्थित भएर आफ्नो पक्ष राख्न आग्रह गरेका छन्।रञ्जिता चौधरी कास्कीस्थित लिचीबारी जग्गा प्रकरणमा बिचौलिया बनेर मन्त्रीलाई घुस खुवाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेकी छन्।रेशम चौधरीले भने, “अध्यक्षले बैठक वैधानिक होइन भनेर आफूलाई अलग राख्न खोज्नुहुन्छ भन्ने सुनेको छु। तर उहाँ अध्यक्ष हुनुहुन्छ भने सबै

    • प्रकाशित मितिः साउन ९, २०८२
    • ८६३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.