दार्चुला —दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकाका विकट वडाहरू — वडा नं. ५ डाँडाकोट, वडा नं. ६ उकुँबाकु र वडा नं. ७ जैलजिविमा रहेका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलाहरूले अझै पनि सामाजिक सुरक्षा भत्ता लिन सदरमुकाम दार्चुला पुग्नुपर्ने बाध्यता झेलिरहेका छन्।
स्थानीयवासीहरूका अनुसार वृद्ध, अशक्त र बिरामी नागरिकहरूलाई ३ देखि ४ घण्टा लामो कठिन यात्रा, उकालो–ओरालो, जंगल र जोखिमपूर्ण बाटो हुँदै पिठ्युँमा बोकेर लैजानुपर्ने स्थिति अझै पनि यथावत छ। कतिपय अवस्थामा दुई दिनसम्म सदरमुकाममा बस्नुपर्ने, त्यसको खर्च समेत आफ्नै काँधमा पर्ने गरेको छ।
उनीहरू भन्छन् —"भत्ता पाइन्छ तर कति सास्ती बेहोर्नुपर्छ! दुख घटाउन दिइएको सुविधाका लागि अझै बढी दुख पाइन्छ।"
छिमेकी लेकम गाउँपालिकाले भने यस्ता समस्या समाधान गर्न महत्वपूर्ण पहल गरिसकेको छ।त्यहाँका वडाहरूमा सामाजिक सुरक्षा भत्ताको नविकरण र वितरण प्रक्रिया गाउँमै पुर्याइएको छ।वडाका कर्मचारीहरूले वृद्ध तथा अशक्त नागरिकहरूको घरमै पुगेर विवरण नवीकरण गर्छन्, र बैंकिङ टिममार्फत वडामै भत्ता वितरण गरिन्छ।
लेकम –४ का वडाध्यक्ष महेन्द्रराज जोशी भन्छन् —
"अब पहिलेजस्तो हिँड्नुपर्दैन। कर्मचारीहरू घरनजिकै आउनुहुन्छ। राज्यको सेवा हामीले प्रत्यक्ष रूपमा पाउन थालेका छौँ।"
नेपाल सरकारद्वारा जारी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ र ५३ अनुसार, स्थानीय तहले जनहितका कार्यक्रम सञ्चालन गर्न सक्ने स्पष्ट अधिकार पाएको छ।
त्यसैले मालिकार्जुन गाउँपालिकाले कार्यपालिका बैठकबाट निर्णय गर्दै, सम्बन्धित बैंकहरूसँग समन्वय गरी मोबाइल बैंकिङ सेवा वा वडामै वितरण प्रणाली सुरु गर्न सक्ने पूर्ण अधिकार राख्दछ।
स्थानीय पत्रकार तथा सामाजिक अभियन्ता एकेन्द्रसिंह धामी भन्छन् —