बजार

    Showing ९१-१०० of ५०१ items.
  • सुनचाँदीको मूल्य बढ्यो कतिमा भइरहेछ त कारोवार ?

    काठमाडौं । स्थानीय बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। केही दिनअघि घटेको सुनको भाउ फेरि उकालो लागेसँगै गहना खरिद गर्ने उपभोक्ता र लगानीकर्ताको ध्यान पुनः सुन बजारतर्फ केन्द्रित भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रति तोला २ लाख ८७ हजार १०० रुपैयाँ निर्धारण गरिएको छ। यो मूल्य गत शुक्रबारको तुलनामा १ हजार ६०० रुपैयाँ बढी हो। शुक्रबार यही सुन २ लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आइतबार चाँदी प्रति तोला ४ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ, जुन शुक्रबारको तुलनामा ६० रुपैयाँले बढी हो। शुक्रबार चाँदीको

    • प्रकाशित मितिः साउन १०, २०८३
    • १८९ पटक पढिएको
  • चिनियाको भोक मेटाउन , नेपालमा ३० अर्ब लगानी

    काठमाण्डौ /  नेपालबाट पहिलोपटक ठूलो परिमाणमा प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने महत्वाकांक्षी योजनाले गति लिएको छ। उद्योग विभागमा ३० अर्ब रुपैयाँभन्दा बढी लगानीका तीन ठूला मासु प्रशोधन उद्योग दर्ता भएसँगै सरकारले लामो समयदेखि चर्चा हुँदै आएको मासु निर्यात योजनालाई व्यवहारमा उतार्ने तयारी थालेको हो। तीनवटै उद्योग सञ्चालनमा आए नेपालले वार्षिक करिब डेढ खर्ब रुपैयाँ बराबरको प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने लक्ष्य राखिएको छ। यससँगै करिब ७ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने दाबी गरिएको छ। सबैभन्दा ठूलो परियोजना जियान फुड्स प्रालि हो। चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पन

    • प्रकाशित मितिः साउन ८, २०८३
    • ४९५ पटक पढिएको
  • तीन प्रतिष्ठित अवार्ड प्राप्त गरेपछि नविल बैंकको प्रतिक्रिया: यो विश्वासको परिणाम हो

    काठमाडौँ / नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित भएको छ । बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्सअन्तर्गत नेपाल्स बेस्ट बैंक, नेपाल्स बेस्ट बैंक फर ईएसजी र नेपाल्स बेस्ट बैंक फर एसएमईज् को उपाधिबाट सम्मानित भएको हो । यसबाट बैंकले नेपालको बैंकिङ क्षेत्रको अग्रणी संस्थाका रूपमा आफ्नो नेतृत्वदायी भूमिका पुनःस्थापित गरेको छ ।यी प्रतिष्ठित अवार्डहरूले नबिल बैंकको बलियो वित्तीय प्रदर्शन, डिजिटल रूपान्तरण, जिम्मेवार बैंकिङ अभ्यास र वातावरणीय, सामाजिक तथा सुशासनका प्राथमिकतालाई अगाडि बढाउँदै नेपालका साना तथा मझौला उद्यमहरूलाई सहयोग गर्न पु¥याएको महत्वपूर्ण योगदानको कदर ग

    • प्रकाशित मितिः साउन ८, २०८३
    • २४६ पटक पढिएको
  • २४ खर्बको व्यापार, तर १८ खर्बको घाटा ! आयातको भारी, निर्यात अझै कमजोर

    काठमाडौं । नेपालको वैदेशिक व्यापारले नयाँ कीर्तिमान बनाएको छ। गत आर्थिक वर्ष २०८२÷८३ मा कुल वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ। तर यो उपलब्धिसँगै अर्को चिन्ताजनक तथ्य पनि सार्वजनिक भएको छ—देशको व्यापार घाटा १७ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ। अर्थात् नेपालले विदेशबाट किन्ने वस्तु अत्यधिक बढिरहँदा बेच्ने क्षमता अझै कमजोर नै देखिएको छ।भन्सार विभागका अनुसार गत आर्थिक वर्ष नेपालले २० खर्ब ९६ अर्ब रुपैयाँको वस्तु आयात गर्दा ३ खर्ब १५ अर्ब रुपैयाँ बराबरको मात्रै निर्यात गर्न सफल भएको छ। निर्यातमा वृद्धि भए पनि आयातको तुलनामा त्यो निकै न्यून रहेको तथ्यांकले देखाउँछ।नेपालको निर्यातमा सबैभन

    • प्रकाशित मितिः साउन ७, २०८३
    • ५२८ पटक पढिएको
  • बञ्चरेडाँडा आन्दोलनको तयारी, काठमाडौंको फोहोर व्यवस्थापन फेरि संकटमा

    काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन फेरि प्रभावित हुने संकेत देखिएको छ। बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयले स्थायी रूपमा फोहोर फाल्न रोक लगाउने आन्दोलनको तयारी थालेका छन्। यसका लागि बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले साउन १० गते बालाजुस्थित एक पार्टी भेन्युमा सर्वपक्षीय छलफल आयोजना गरेको छ। छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नुवाकोट र धादिङ जिल्ला नेतृत्व तथा धुनीबेँसी नगरपालिका र ककनी गाउँपालिकाका जनप्रतिनिधिलाई सहभागी हुन आग्रह गरिएको छ। समितिका अनुसार छलफलपछि आन्दोलनका कार्य

    • प्रकाशित मितिः साउन ६, २०८३
    • १९१ पटक पढिएको
  • ६ दिनको उकालोपछि नेप्सेमा ब्रेक, अधिकांश कम्पनी राताम्मे

    काठमाडौं। लगातार ६ कारोबार दिन बढ्दै आएको नेपाली सेयर बजारले बुधबार भने विश्राम लिएको छ। नाफा सुरक्षित गर्ने लगानीकर्ताको चाप बढेपछि नेप्से परिसूचक १३।९५ अंकले घटेर २७१२ बिन्दुमा झरेको हो।कारोबार सुरु भएदेखि नै दबाबमा रहेको बजार दिनभर हरियो हुन सकेन। कारोबारका क्रममा नेप्से एक समय २६९४ बिन्दुसम्म झरेको थियो। अन्त्यमा केही सुधार भए पनि बजार राताम्मै बन्द भयो।आज १९३ कम्पनीको सेयर मूल्य घट्दा ७७ कम्पनी मात्रै बढ्न सके भने ७ कम्पनीको मूल्य स्थिर रह्यो। कारोबार रकम पनि अघिल्लो दिनको ६ अर्ब ६७ करोड रुपैयाँबाट घटेर ५ अर्ब १८ करोड रुपैयाँमा सीमित भयो, जसले लगानीकर्ताको उत्साह केही सेलाएको संकेत गरेको

    • प्रकाशित मितिः साउन ६, २०८३
    • ३२८ पटक पढिएको
  • सिप्रिङ खोला जलविद्युत आयोजनाको उत्पादन बन्द

    काठमाडौं / सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले प्रवद्र्धन गरेको १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको छ । साउन ५ गते राति ११ बजे आएको भीषण बाढी र पहिरोका कारण आयोजनाको संरचनामा क्षति पुगेपछि उत्पादन बन्द भएको हो । कम्पनीले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई उपलब्ध गराएको जानकारी अनुसार, बाढी र पहिरोले आयोजनाको हेडवक्र्स बाँध क्षेत्रका अधिकांश संरचनाहरूमा ठुलो क्षति पुर्याएको छ । प्रारम्भिक जानकारी अनुसार आयोजनाको भौतिक संरचनामा क्षति पुगेकाले विद्युत उत्पादन तत्कालका लागि पूर्ण रूपमा रोक्नु परेको कम्पनीले जनाएको छ । आयोजनामा पुगेको क्षतिको विव

    • प्रकाशित मितिः साउन ६, २०८३
    • १७४ पटक पढिएको
  • सिँचाइ र कृषिलाई जोडेर उत्पादकत्व बढाइने, जलस्रोत विधेयक समयानुकूल बनाइँदै

    काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताएका छन् । साथै, जलवायु परिवर्तनका चुनौतीलाई सम्बोधन गर्ने गरी जलस्रोत विधेयकलाई थप परिष्कृत र समयानुकूल बनाउने काम भइरहेको पनि उनले बताएका छन्। मंगलबार सातै प्रदेशका ऊर्जामन्त्रीहरूको सहभागितामा आयोजित ऊर्जा तथा जलस्रोत सम्बन्धी विषयगत समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको स्थलगत अध्ययनबाट सिँचाइ र कृषिलाई सँगै अघि बढाउनुपर्ने आवश्यकता स्पष्ट भएको बताए।उनले भने, ‘स्थलगत निरीक्षण जाँदा लुम्बिनी, कर्णाली र सुदूर

    • प्रकाशित मितिः साउन ५, २०८३
    • २२२ पटक पढिएको
  • धनुषामा ‘एक विद्यार्थी एक रुख’ अभियान आजदेखि सुरु

    जनकपुर / धनुषाको क्षेत्र नं. ३ मा आजदेखि ‘एक विद्यार्थी एक रुख’ अभियान सुरु भएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीका धनुषा क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद मनिष झाको सचिवालयले उक्त अभियानको आजबाट सुरु गरेका छन् । पहिलो चरणमा आज ५ देखि ७ हजार बिरुवा धनुषा क्षेत्र नं। ३ मा रहेका विद्यार्थीहरुलाई दिईने रास्वा जनकपुरधामका नेता एव जितेन्द्र महासेठले जानकारी दिए । उनले विगतमा बोट विरुवा रोप्ने कार्य थुप्रै भएतापनि ती बोट विरुवाको संरक्षण हुन नसेकोले विद्यार्थीहरुलाई संरक्षणको जिम्मा दिने उद्देश्यले आजबाट यो अभियानको सुरुवात गरेको जानकारी दिए । नेता महासेठका अनुसार यसबाट वातावरण

    • प्रकाशित मितिः साउन ५, २०८३
    • २८२ पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो,कतिमा भइरहेछ त कारोवार ?

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य पुनः बढेको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै छापावाल सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएर २ लाख ८५ हजार ६ सय रुपैयाँ पुगेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ८ सय ५५ रुपैयाँ कायम भएको छ। सोमबार यही सुन प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला ४ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा ५० रुपैयाँ बढी हो।अन्तर्राष्ट्रिय बजारमा हुने दैनिक उतारचढावका आधारमा नेपालमा सुन–चाँदीको मूल्य निर्धार

    • प्रकाशित मितिः साउन ५, २०८३
    • २३१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.