आर्थिक

    Showing 4,041-4,050 of 4,335 items.
  • महोत्तरीको गौशालामा कागज उद्योग स्थापना हुँदै

    महोत्तरी / महोत्तरीको गौशाला नगरपालिका –१ रामनगरमा एक अर्ब ५० करोड रुपैयाँको लागतमा नयाँ कागज उद्योग स्थापनाका लागि आज शिलान्याश गरिएको छ । आइएमइ समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले नेपाल पल्स ऐण्ड पेपर इण्डष्ट्रिज प्रालीको शिलान्याश गरेका हुन् । अध्यक्ष ढकाल, जनकपुरधामको सर्राफ समूह, उद्योगपति सुनिल गोपाल श्रेष्ठ, होमनाथ ज्ञवालीलगायतको सो उद्योगमा लगानी रहेको छ । उनीहरूले आज संयुक्तरुपमा उद्योप स्थापनाको शिलान्याश गरेका हुन् ।आइएमइ समूहद्वारा प्रवद्र्धित यस उद्योगको आफ्नै ११ बिघा जमिनमा निर्माण हुने भवनमा कारखाना सञ्चालन हुनेछ । उद्योगलाई आवश्यकपर्ने सबै उपकरण र

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 100 पटक पढिएको
  • सुनको मूल्यमा वृद्धि, तोलाको कति ?

    बिर्तामोड / नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । हिजो प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ९२ हजार १००  रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला  ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला  ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । आइतबार तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, सोमवार चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला १ हजार २७० रुपैयाँमा

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 177 पटक पढिएको
  • अण्डाको मूल्य हालसम्मकै उच्च, चल्ला र मासुको मूल्य पनि वृद्धि

    चितवन / कोरोना सङ्क्रमणसँगै जारी भएको निषेधाज्ञामा  नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले  राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै उत्पादनको मूल्य लागतभन्दा बढी भएको छ । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ भने चल्ला र मासुको मूल्य लागतभन्दा बढेको छ ।गत वैशाखको पहिलो साताबाट ओरालो लागेको पोल्ट्री व्यवसायको कारोवार क्रमशः बढ्न थालेको हो । यही साउन महिनामा अण्डा, मासुको खपत कम हुने भनिए पनि माग बढेपछि मूल्यसमेत बढेको छ । निषेधाज्ञाका समयमा तीन साता ब्रोइलर चल्लाको बिक्री शून्य भएकामा क्रमशः बढ्दै गएर प्रतिवटा रु ७० पुगेको छ ।नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय समितिका निव

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 106 पटक पढिएको
  • करको दायरा बढाउनुपर्नेमा जोडः मन्त्री खड्का

    गण्डकी / गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री कुमार खड्काले करको दरभन्दा दायरा बढाएर काम गर्न आवश्यक रहेको बताएका छन् ।मन्त्रालयको वार्षिक प्रगति समीक्षा कार्यक्रममा आइतबार उहाँले कर्मचारीलाई करको दायरा बढाउन र  दायित्व हस्तान्तरण गर्नुभन्दा निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । आगामी बजेट दोब्बर बनाउन  केन्द्र सरकारसँग पहल गरिने पनि मन्त्री खड्काले बताएका छन्।कार्यक्रममा मन्त्रालय मातहतका एघारै जिल्लाका कार्यलय प्रमुखहरुले वार्षिक प्रगति समीक्षा प्रस्तुत गरेका थिए ।उनीहरुले कार्यक्रम सम्पन्न गर्न आइपरेका कठिनाइ र चुनौतिबारे पनि जानकारी गराएका थिए ।

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 128 पटक पढिएको
  • बैंकिङ कसूर मुद्दाको फरार एक अभियुक्त पक्राउ

    बिर्तामोड /  बैंकिङ कसूर मुद्दाको एकजना फरार अभियुक्तलाई झापा प्रहरीले पक्राउ गरेको छ उच्च अदालत पाटनको फैसला अनुसार झापा को दमकका बिनोद कुमार कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।अदालतले कार्कीलाई तीन दिन जेल सजाए, सात लाख रुपैयाँ जरिवाना र पीडित को राहत कोषमा २८ हजार असुल गर्न प्रहरीलाई निर्देशन दिएको छ ।प्रहरीले कार्कीलाई साउन १० गते पक्राउ गरि आवश्यक स्वास्थ्य जाँच गरि कैद भुक्तान्को लागि झापा कारागार पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।  

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 117 पटक पढिएको
  • नेप्सेमा भारी वृद्धि, नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट

    काठमाडौँ / धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । गत साता सामान्य अङ्कले सुधार भएको बजारमा यस साताको पहिलो कारोवार दिन नै नेप्सेमा ५४.३१ विन्दुले उकालो लागेर तीन हजार ५८.६३ मा पुगेको छ ।ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.७४ विन्दुले बढेर ५७४.०२ मा पुगेको छ । नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै कारोवार रकम पनि आज उल्लेख्य वृद्धि भएको छ । कूल २२३ कम्पनीको चार करोड ३९ लाख ३९ हजार २१२ कित्ता शेयर १४ अर्ब २३ करोड २४ लाख १७ हजार ४७२ मूल्यमा खरिद बिक्री भएको छ । कारोवार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा ११ उप

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 125 पटक पढिएको
  • करोडौँको राजस्व छली विफल

    गलकोट / धौलागिरिका विभिन्न उद्योग तथा व्यवसायीका  राजस्व छलीका प्रयासलाई आन्तरिक राजस्व कार्यालयले विफल बनाइदिएको छ। साविक धौलागिरिको चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङको राजस्व सङ्कलनको जिम्मेवारी पाएको बागलुङ स्थित आन्तरिक राजस्व कार्यालयले छानबिन, परीक्षण र अनुसन्धानका क्रममा यहाँका पेशा, व्यवसाय तथा उद्योगले विभिन्न बाहनामा करिब पाँच करोड राजस्व छली गरेको फेला पारेको हो । कर बुझाउने १७ हजार करदातामध्ये शङ्कास्पद देखिएका व्यवसाय, उद्योग तथा फर्मको अनुगमन गरिएको थियो । बस्तु खरीद बिक्रीको अनुपात नमिलेको, खरीद गरिएका सामग्री बिक्रीतर्फ नदेखिएकोजस्ता राजस्व छलीका शङ्

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 111 पटक पढिएको
  • चितवनमा ९२ प्रतिशत रोपाइँ सकियो

    चितवन / जिल्लामा हालसम्म ९२ प्रतिशत धान रोपाइँ सकिएको छ । यहाँका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिकामा १० र माडी नगरपालिकामा ५ प्रतिशत रोपाइँ गर्न बाँकी छ ।कृषि ज्ञान केन्द्र भरतपुरले दिएको जानकारी अनुसार पूर्वी चितवनका स्थानीय तहमध्ये राप्ती, खैरहनी रत्ननगर, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा सबै रोपाइँ सकिएको छ ।ज्ञान केन्द्रका प्रमुख राजन ढकालका अनुसार जिल्लाका सात स्थानीय तहमध्ये भरतपुर महानगरको धानयोग्य जमीनले झण्डै आधा क्षेत्रफल ओगटेको छ । भरतपुरको अन्य स्थानमा रोपाइँ सकिए पनि पश्चिम क्षेत्रमा मकै थन्क्याउन र धानको बीउनै ढिला राख्ने हुँदा रोपाइँमा ढिलाइ भएको हो । पूर्व

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 98 पटक पढिएको
  • एक अर्ब ४० करोड बराबरको सिमेन्ट बिक्री

    वाग्मती / वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ मा कूल रु एक अर्ब ४० करोड ३३ लाख ९९ हजार ४४.१५ पैसा बराबरको सिमेन्ट बिक्री गरेको जनाएको छ । सो आवमा कूल १८ लाख ५३ हजार ७६४ बोरा सिमेन्ट बिक्रीबाट सो बराबरको आर्थिक कारोवार गरेको हेटौँडा सिमेन्ट उद्योगले जनाएको छ । उक्त आवमा कूल ३१ लाख २० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य भए पनि कोरानाको असहज परिस्थिति, पुरानो मेसिनरी उपकरण र पटक–पटक मर्मतसम्भार गर्नुपर्दा लक्ष्यअनुसार सिमेन्ट उत्पादन हुन नसकेको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले जानकारी दिएका छन

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 127 पटक पढिएको
  • दुग्ध उत्पादक किसानलाई अनुदान

    बन्दीपुर / गाउँपालिका कार्यालयले दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध रही दूध बिक्री गर्दै आएका किसानलाई प्रतिलिटर एक रुपैयाँका दरले अनुदान प्रदान गरेको छ । दुग्धजन्य पदार्थमा आत्मनिर्भर गराउने उद्देश्यले गाउँपालिकाले किसानलाई प्रतिलिटर दूधमा रु एक अनुदान दिने व्यवस्था गरेको हो ।गाउँपालिकाले वडा नं १ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानलाई शनिबार उत्पादनमा आधारित कार्यक्रमअनुरुप अनुदान रकम प्रदान गरेको छ । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, वडाध्यक्ष भानुभक्त पोख्रेल, दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष मानबहादुर खातीको रोहवरमा किसानलाई अनुदान रकम वितरण गरिएको हो । उक्त स

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 100 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.