काठमाडौँ / धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से
परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । गत साता सामान्य अङ्कले सुधार भएको बजारमा
यस साताको पहिलो कारोवार दिन नै नेप्सेमा ५४.३१ विन्दुले उकालो लागेर तीन हजार
५८.६३ मा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक
११.७४ विन्दुले बढेर ५७४.०२ मा पुगेको छ । नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै
कारोवार रकम पनि आज उल्लेख्य वृद्धि भएको छ । कूल २२३ कम्पनीको चार करोड ३९ लाख ३९
हजार २१२ कित्ता शेयर १४ अर्ब २३ करोड २४ लाख १७ हजार ४७२ मूल्यमा खरिद बिक्री भएको
छ ।
कारोवार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर
ओरालो लाग्दा ११ उपसमूहको शेयर उकालो लागेको छ । होटल तथा पर्यटन २२.५ र सामूहिक
लगानी कोष ०.२४ विन्दुले घटेको छ । यस्तै, बैंकिङ ७२.१४, व्यापार २.७१, विकास बैंक १३, जलविद्युत् ७१.६, निर्जीवन बीमा
४८.४२, उत्पादन ७१.८६, अन्य ६.६, लघुवित्त ८६.२३, जीवन बीमा ३०.८६
र लगानी ०.०४ विन्दुले बढेको छ ।
कारोवारका आधारमा आज नेपाल बैंक शीर्ष स्थानमा रहेको छ । सो
बैंकको ४९ करोड ७६ लाख ६५ हजार १८२ मूल्यमा खरिद बिक्री भए । यस्तै, ग्लोबल आइएमई बैंक ४९ करोड ४४ लाख ३९ हजार , एनसिसी बैंक ३४ करोड ७८ लाख ९८ हजार ५६८, अण काबेली पावर ३४ करोड दुई लाख ६५ हजार ५३७ र
एनआइसि एशिया बैंक ३३ करोड ८० लाख ४५ हजार ३५१ बराबरको कारोवार भई शीर्ष स्थानमा
रहेको छ ।
नेप्सेका अनुसार विशाल बजार कम्पनी, ङादी ग्रुप अफ पावर, सर्पोट माइक्रोफाइनान्स राधी विद्युत् कम्पनी
पञ्चकन्या माई हाइड्रोपावर, कालिका पावर
कम्पनी, जोशी हाइड्रोपावर, युनिभर्सल पावर र हमालयन ऊर्जा विकास कम्पनीको
शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
लक्ष्मी उन्नती कोष ३.९५, कुमारी इक्विटी
फण्ड ३.७०, लक्षमी बैंकको ऋणपत्र ३.३०, ओरियन्टल होटल २.८८ र प्रभु सेलेक्ट फण्डका
लगानीकर्ताले २.७३ प्रतिशतले गुमाएका । आजको कारोवारपछि बजार पूँजीकरण ४२ खर्ब ५४
अर्ब ७५ करोड ३० लाख ३३ हजार ७५६ बराबर पुगेको छ ।