गण्डकी / गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री कुमार
खड्काले करको दरभन्दा दायरा बढाएर काम गर्न आवश्यक रहेको बताएका छन् ।

मन्त्रालयको वार्षिक प्रगति समीक्षा
कार्यक्रममा आइतबार उहाँले कर्मचारीलाई करको दायरा बढाउन र दायित्व हस्तान्तरण गर्नुभन्दा निर्वाह
गर्नुपर्नेमा जोड दिएका छन् । आगामी बजेट दोब्बर बनाउन केन्द्र सरकारसँग पहल गरिने पनि मन्त्री
खड्काले बताएका छन्।
कार्यक्रममा मन्त्रालय मातहतका एघारै जिल्लाका
कार्यलय प्रमुखहरुले वार्षिक प्रगति समीक्षा प्रस्तुत गरेका थिए ।उनीहरुले
कार्यक्रम सम्पन्न गर्न आइपरेका कठिनाइ र चुनौतिबारे पनि जानकारी गराएका थिए ।
समीक्षामा प्रदेशसभा सदस्यहरु ओमकला गौतम, ललितकला गुरुङसहित नीति तथा योजना
आयोगका पदाधिकारी, मन्त्रालयका
सचिव, कार्यालय
प्रमुखको उपस्थिति थियो ।