बिर्तामोड / नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । 

हिजो प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ९२ हजार १००  रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

OM Sai Pathibhara Hospital

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला  ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला  ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । आइतबार तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, सोमवार चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी सोमवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।