बिर्तामोड /  बैंकिङ कसूर मुद्दाको एकजना फरार अभियुक्तलाई झापा प्रहरीले पक्राउ गरेको छ उच्च अदालत पाटनको फैसला अनुसार झापा को दमकका बिनोद कुमार कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अदालतले कार्कीलाई तीन दिन जेल सजाए, सात लाख रुपैयाँ जरिवाना र पीडित को राहत कोषमा २८ हजार असुल गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

OM Sai Pathibhara Hospital

प्रहरीले कार्कीलाई साउन १० गते पक्राउ गरि आवश्यक स्वास्थ्य जाँच गरि कैद भुक्तान्को लागि झापा कारागार पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।