आर्थिक

    Showing 3,971-3,980 of 4,335 items.
  • बाँकी बक्यौता बुझाउन एयरलाइन्सलाई क्यानको ताकेता

    काठमाडौँ  / नेपाल नागरिक उड्डन प्राधिकरण (क्यान)ले बाँकी बक्यौता बुझाउन एयरलाइन्सलाई ताकेता गरेको छ । क्यानले आज जरुरी सूचना निकालेर सञ्चालनमा नरहेका नौ एयरलाइन्सलाई बक्यौता रकम बुझाउन आग्रह गरेको हो । क्यानअन्तर्गत रहेका विभिन्न नागरिक उड्डयन कार्यालय वायुसेवा कम्पनीले बुझाउनुपर्ने रकम पटकपटक सूचना गर्दा पनि नबुझाएको भन्दै पुनः यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्रमा उक्त रकम बुझाई आफ्नो हरहिसाब फरफारक गर्न अनुरोध गरेको छ ।तोकिएको मितिभित्र रकम नबुझाएमा सम्बन्धित कम्पनी र सञ्चालकलाई कालोसूचीमा राख्ने तथा प्रचलित ऐनअनुसार सञ्चालक, एकाघरका परिवारका एवं जमानी बस्नेको जायजेथाबाट सरक

    • प्रकाशित मितिः भदौ १२, २०७८
    • 155 पटक पढिएको
  • पाँच वर्षको अवधिमा करिब ८ अर्ब राजश्व छुट

    बिर्तामोड / देशभरका मालपोत कार्यालयले पाँच वर्षको अवधिमा करिब ८ अर्ब राजश्व छुट गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभरका १२६ वटा मालपोत कार्यालयबाट ७ अर्ब ९० करोड १२ लाख ७५ हजार रुपैयाँ राजश्व छुट गरेको हो । सरकारको ७ वटै प्रदेशको आर्थिक विधेयकले ७० वर्षभन्दा बढी उमेरका वृद्ध, १८ वर्षभन्दा कम उमेर बालबालिका र एकल महिलाको हकमा कुनै पनि घरजग्गा पास गरेमा छुट दिने व्यवस्था गरेको छ । सोही अनुसार सरकारले पाँच वर्षमा ७ अर्ब छुट दिएको हो ।विभागले आर्थिक वर्ष २०७३/७४ मा ३७ करोड ३६ लाख रुपैयाँ छुट दिएको थियो । त्यस्तै, आव २०७४/७५ मा ८८ करोड ५७ लाख, आव २०

    • प्रकाशित मितिः भदौ १२, २०७८
    • 130 पटक पढिएको
  • भारतले नेपाली धागो निर्यातमा एन्टी डम्पिङ नलगाउने

    काठमाडौं / नेपाली धागो (पोलिस्टर यार्न) युरोपमा निर्यात गर्न बाटो खुलेको छ । भारत सरकारले पोलिस्टर धागो निर्यातमा कानून नलगाउने भएपछि युरोपमा धागो निर्यात गर्न बाटो खुलेको हो । भारतीय वाणिज्य मन्त्रालयले मे २१ २०२० मा राजपत्रमार्फत सूचना जारी गर्दै नेपालबाट भारत निर्यात हुने धागोमा एन्टी डम्पिङ लगाएको थियो । तर नेपाल धागो उत्पादक संघले नेपाल सरकार मार्फत उक्त निर्णय फिर्ता लिन आग्रह गरेकोको थियो । भारत सरकारले १९ अगस्ट २०२१ मा अर्को सूचना प्रकाशित गर्दै एन्टी डम्पिङ हटाएको छ । आल नेपालमा रहेका धागो उद्योगले आफ्नो उत्पादनको ८० प्रतिशत धागो निर्यात गरिरहेका छन् । नेपाली उद्योगबाट

    • प्रकाशित मितिः भदौ १२, २०७८
    • 142 पटक पढिएको
  • यसरी हत्याउन खोज्दैछ ओली समुह ५० अर्ब

    बिर्तामोड / मथुरा सतार र छोटु सतारको परिवारले भोगचलन गरेको जग्गा यतिबेला गिरीबन्धु टि स्टेट जग्गा प्रकरणका नामले चर्चामा रहेको छ ।सतार परिवारलाई झुटा मुद्दा लगाएर भगाएपछि तत्कालीन जिम्दारले शमशेर गिरी र  टेक बहादुर गिरी परिवारलाई सो जग्गा दिएको मानिदै आएको छ ।जिम्दारको सहयोगमा गिरी परिवारले भोगचलन गर्न पाएको जग्गा समयक्रम सँगै यतिबेला छत्र गिरीको स्वामित्व रहेको गिरीबन्धु टि स्टेटको नाममा रहेको छ ।बिर्तामोड सहित झापाको विषयमा प्रकाशित केही पुस्तकमा हाल चर्चामा रहेको जग्गा तत्कालीन समयका जमदारको सहयोगमा सतार परिवारबाट गिरी परिवारमा आएको देखिन्छ । नेता गोपाल कुमार बस्नेतद्वारा लिख

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • 540 पटक पढिएको
  • नगरपालिकाद्धारा कर असुल गर्न घरघरमा पञ्चेबाजा (करदाताको नामावलीसहित)

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाले विगत २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट असुल गर्न पञ्चेबाजासहित टोलटोलमा पुगेको छ । बक्यौता रकम असुल गर्न महानगरले पटकपटक सार्वजनिक सूचना जारी गर्दा समेत सम्बन्ध भएका निकाय सम्पर्कमा नआउँदा महानगरपालिका पञ्चेबाजासहित टोलटोलमा पुगेको हो ।  आजदेखि महानगरले पञ्चेबाजासहित कर असुलसम्बन्धी लोक तथा दोहोरी गीत बजाएर घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाता समक्ष पुगेको छ । यसअघि कामपाले  गत असार १६ गते र साउनको अन्तिमसाता गरी कर नतिर्ने ७२ ठूला करदाताको नाम सार्वजनिक गरी ३० दिनभित्र सम्पर्क गरी विवरण पेश गर्न आग्रह गरेको थिय

    • प्रकाशित मितिः भदौ ९, २०७८
    • 188 पटक पढिएको
  • खुल्यो तेह्रथुम पावर कम्पनीको आईपीओ

    बिर्तामोड / तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ)का लागि आवेदन खुला गरेको छ । कम्पनीले आवेदन आज बुधबारदेखि खुला गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । आईपीओका लागि भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ । कुल निष्कासनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता शेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ भने ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    • प्रकाशित मितिः भदौ ९, २०७८
    • 117 पटक पढिएको
  • वित्तीय संस्थालाई बाटो नपुगेका जग्गा धितो राखेर कर्जा दिन राष्ट्र बैंकको निर्देशन

    बिर्तामोड / नेपाल राष्ट्र बैंकले मोटर बाटो नपुगेको जग्गालाई धितो राखी कर्जा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार एक परिपत्र जारी गर्दै कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय एवम् उद्यम व्यवसाय गर्नका लागि मोटर बाटो नपुगेको जग्गालाई धितो राखी २० लाख रुपैयाँसम्म कर्जा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।जग्गा धितो राखेर लिएको कर्जाको ब्याजदर भने दुई प्रतिशतसम्म मात्र तोक्नु पर्ने र कर्जा माग गर्न आएको सात दिन भित्र कर्जा स्वीकृत गरिसक्न बैंकको निर्देशन छ । बैंक तथा वित्तीय संस्थाले यस प्रकारको धितोमा कर्जा दिन नसके ग्राहकलाई सो विषयमा ल

    • प्रकाशित मितिः भदौ ९, २०७८
    • 130 पटक पढिएको
  • विरुवा खरीदमा रकम हिनामिना गरेको भन्दै बाराका वन अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    बारा //विरुवा खरीदमा रकम हिनामिना गरेको आरोपमा बाराका तत्कालिन वन अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराका तत्कालिन जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरे ,सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेल र दिनेशप्रसाद जयसवलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।जिल्ला वन कार्यालय, बारामा अम्रिसो , बाँसको कलमी बिरुवा ,  खयर, सिसौ, सिमल आदि प्रजातिका बिउ महंगोमा खरीद गरी रकम हिनामिना गरेको देखिएकाले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।उनीहरुविरुद्ध ४ लाख ९० हजार रुपैयाँ विगो मागदावी गरिएको अख्तियारका प्रवक्ता नारायणप्रस

    • प्रकाशित मितिः भदौ ८, २०७८
    • 153 पटक पढिएको
  • वैदेशिक अनुदानको रकम स्वीकृति नलिइ नापतौल विभागद्धारा जथाभावी खर्च

    काठमाडौँ / नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल सरकारबाट वैदेशिक अनुदानको रकम स्वीकृति नलिइ जथाभावी खर्च गरेको छ । विभागका महानिर्देशक विश्वबाबु पुडाशैनीले विभागअन्तर्गत राष्ट्रसङ्घीय ओजोन कार्यक्रम सञ्चालन सम्बन्धित तालुक निकायबाट स्वीकृति नगराएर लामो समयदेखि कार्यक्रम सञ्चालन गरेको थियो । सो कार्यक्रममा खर्च भएको रकमलाई महालेखाको प्रतिवेदनमा बेरुजु देखिएको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा स्वीकृति नगराएर विदेशी अनुदानको ओजोन कार्यक्रम सञ्चालन गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ  । विगत सात/आठ वर्षदेखि महानिर्देशकसमेत रहेका पुडाशैनीले २०७४ सालदेखि ओजोनतर्फ तलब,

    • प्रकाशित मितिः भदौ ७, २०७८
    • 158 पटक पढिएको
  • मानुषी लघुवित्तको आइपिओ बाँडफाँट

    मानुषी / लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो  ।कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म आइपिओ सर्वसाधारणमा जारी गरेको थियो । संस्थाको आइपिओमा २३ लाख ६१ हजार ८२७ जनाले आवेदन दिएका थिए । उक्त आवेदनमध्येमा सात हजार ४३ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकी रहेका २३ लाख ५४ हजार ७८४ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँट गरिएको हो ।गोलाप्रथाबाट ३६ हजार ८५९ आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् भने तीन जनाले ११ कित्ता शेयर पाएका बिक्री प्रबन्धक न

    • प्रकाशित मितिः भदौ ७, २०७८
    • 138 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.