बिर्तामोड / तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ)का लागि आवेदन खुला गरेको छ । कम्पनीले आवेदन आज बुधबारदेखि खुला गरेको हो । 

कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । आईपीओका लागि भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ । 

OM Sai Pathibhara Hospital

कुल निष्कासनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता शेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ भने ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।