बारा //विरुवा खरीदमा रकम हिनामिना गरेको आरोपमा बाराका तत्कालिन वन अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराका तत्कालिन जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरे ,सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेल र दिनेशप्रसाद जयसवलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

OM Sai Pathibhara Hospital

जिल्ला वन कार्यालय, बारामा अम्रिसो , बाँसको कलमी बिरुवा ,  खयर, सिसौ, सिमल आदि प्रजातिका बिउ महंगोमा खरीद गरी रकम हिनामिना गरेको देखिएकाले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

उनीहरुविरुद्ध ४ लाख ९० हजार रुपैयाँ विगो मागदावी गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताएका छन्।