काठमाडौं / नेपाली धागो (पोलिस्टर यार्न) युरोपमा निर्यात गर्न बाटो खुलेको छ । भारत सरकारले पोलिस्टर धागो निर्यातमा कानून नलगाउने भएपछि युरोपमा धागो निर्यात गर्न बाटो खुलेको हो । 

भारतीय वाणिज्य मन्त्रालयले मे २१ २०२० मा राजपत्रमार्फत सूचना जारी गर्दै नेपालबाट भारत निर्यात हुने धागोमा एन्टी डम्पिङ लगाएको थियो । तर नेपाल धागो उत्पादक संघले नेपाल सरकार मार्फत उक्त निर्णय फिर्ता लिन आग्रह गरेकोको थियो । 

OM Sai Pathibhara Hospital

भारत सरकारले १९ अगस्ट २०२१ मा अर्को सूचना प्रकाशित गर्दै एन्टी डम्पिङ हटाएको छ । आल नेपालमा रहेका धागो उद्योगले आफ्नो उत्पादनको ८० प्रतिशत धागो निर्यात गरिरहेका छन् । 

नेपाली उद्योगबाट उत्पादन भएको धागोको प्रमुख बजार छिमेकी मुलुक भारत र युरोपियन राष्ट्र टर्की रहेको छ ।

भारतको पछिल्लो निर्णयबाट नेपाली व्यवसायीहरू खुसी भएको र नेपाली उत्पादनले बजार पाउन सजिलो हुने अपेक्षा गरिएको नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन कुमार गोल्यानले बताए ।