बिर्तामोड / नेपाल राष्ट्र बैंकले मोटर बाटो नपुगेको जग्गालाई धितो राखी कर्जा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । 

राष्ट्र बैंकले मंगलबार एक परिपत्र जारी गर्दै कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय एवम् उद्यम व्यवसाय गर्नका लागि मोटर बाटो नपुगेको जग्गालाई धितो राखी २० लाख रुपैयाँसम्म कर्जा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

OM Sai Pathibhara Hospital

जग्गा धितो राखेर लिएको कर्जाको ब्याजदर भने दुई प्रतिशतसम्म मात्र तोक्नु पर्ने र कर्जा माग गर्न आएको सात दिन भित्र कर्जा स्वीकृत गरिसक्न बैंकको निर्देशन छ । 

बैंक तथा वित्तीय संस्थाले यस प्रकारको धितोमा कर्जा दिन नसके ग्राहकलाई सो विषयमा लिखित रुपमा कारण स्पष्ट उल्लेख गरी दिनुपर्ने छ ।