बिर्तामोड / देशभरका मालपोत कार्यालयले पाँच वर्षको अवधिमा करिब ८ अर्ब राजश्व छुट गरेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभरका १२६ वटा मालपोत कार्यालयबाट ७ अर्ब ९० करोड १२ लाख ७५ हजार रुपैयाँ राजश्व छुट गरेको हो । 

OM Sai Pathibhara Hospital

सरकारको ७ वटै प्रदेशको आर्थिक विधेयकले ७० वर्षभन्दा बढी उमेरका वृद्ध, १८ वर्षभन्दा कम उमेर बालबालिका र एकल महिलाको हकमा कुनै पनि घरजग्गा पास गरेमा छुट दिने व्यवस्था गरेको छ । सोही अनुसार सरकारले पाँच वर्षमा ७ अर्ब छुट दिएको हो ।

विभागले आर्थिक वर्ष २०७३/७४ मा ३७ करोड ३६ लाख रुपैयाँ छुट दिएको थियो । त्यस्तै, आव २०७४/७५ मा ८८ करोड ५७ लाख, आव २०७५/७६ मा १ अर्ब ५ करोड ८३ लाख, २०७६/७७ मा ८८ करोड ८ लाख र २०७७/७८ मा ४ अर्ब ७० करोड २६ लाख रुपैयाँ छुट दिएको विभागको तथ्याङ्कले देखाउँछ । त्यस्तै गत वर्ष उच्च कारोबार भएसँगै छुट पनि उल्लेख्य भएको छ ।