आर्थिक

    Showing 3,481-3,490 of 4,331 items.
  • व्यापारीको ठगी : किसान र उपभोक्ता समस्यामा

    बिर्तामोड / नेपालमा आर्थिक संकट निम्तिएका बेला त्यसलाई नियन्त्रण गर्न राष्ट्र बैंकले अनेक उपाय लगाइरहेको समयमा सङ्कटको फाइदा उठाउँदै व्यापारीले उपभोक्ता र किसानलाई नै भार पर्ने गरि नाफा कमाउन थालेका छन् । राष्ट्र बैंकले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आयात नियन्त्रण गर्न शत प्रतिशत मार्जिनको व्यवस्था गरेपछि शत प्रतिशत मार्जिन देखाएर भारी मूल्यमा केरा बिक्री गर्दै नाफा कमाउन थालेका हुन् । राष्ट्र बैंकको निदेर्शनको फाइदा उठाउँदै उपभोक्ता र किसान दुवै समस्यामा पर्ने गरि व्यापारीले स्वदेशी केरा दर्जनको ६० रुपैयाँमा किनेर दुई सय रुपैयाँसम्म बिक्री गरेको पाइएको छ । केरा उत्पादनको बलियो क्षे

    • प्रकाशित मितिः वैशाख ७, २०७९
    • 120 पटक पढिएको
  • अर्थतन्त्र सुधारमा गम्भिर बन्दै सरकार

    काठमाडौं / नेपालमा आर्थिक संकट चलिरहँदा राष्ट्र बैंकले सजग भई समय सान्दर्भिक निर्देशन जारी गरिरहेको समयमा वेवास्ता गर्दै आएको आरोप खेपेको अर्थ मन्त्रालयले अर्थतन्त्र सुधारका लागि आवश्यक पहल थालेको छ । विदेशी विनिमय सञ्चिती घटेकाले वस्तु आयात गर्न चुनौती भएपछि देशको स्थिति अझ संवेदनशील बनेपछि सरकार आवश्यक पहलका लागि अग्रसर बनेको हो । धर्मराउँदो अर्थतन्त्र उत्थानका लागि कुनै आवश्यक कदम नचालेको भन्दै आलोचना खेपीरहेको सरकारले सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन भन्दै केही महत्त्वपूर्ण निर्णय गरेको छ । गत चैत ३० मा बसेको मन्त्रिपरिषद् बैठकबाट सरकारले सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बन

    • प्रकाशित मितिः वैशाख ७, २०७९
    • 130 पटक पढिएको
  • नेपाल श्रीलंका जस्तो हुन सक्दैन : सीएनआई

    बिर्तामोड / अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धि भएपछि नेपाल उद्योग परिसंघ (सीएनआई) ले पनि अर्थतन्त्रमा आउने सक्ने सम्भावित जोखिम विस्थापन गर्नका लागि हेजिङको सुविधा लागू गर्न सुझाव दिएको छ । सीएनआईले अर्थतन्त्र सुधार गर्दै विदेशी लगानी खुला गर्दा नेपालको थलिएको अर्थतन्त्रको स्तरोन्नति गर्न सकिने भन्दै सरकारलाई विभिन्न उपायहरू सहित सुझाव दिएको हो ।  अर्थतन्त्रमा समस्या देखिएपनि श्रीलंका जस्तो अवस्थामा अहिले पुग्न नसक्ने भन्दै परिसङ्घले समस्या हल गर्न उपायहरू समेत सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा परिसङ्घले उद्योगी व्यवसायी सहित सरोकारवाला

    • प्रकाशित मितिः वैशाख ७, २०७९
    • 111 पटक पढिएको
  • गभर्नर अधिकारीमाथि कुनै कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं / नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।अधिकारीको रिटमाथि आज सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले अर्को आदेश जारी नभएसम्मका लागि निलम्बनको निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो । योसँगै गभर्नर अधिकारीलाई काम गर्ने बाटो खुलेको छ । उनले बुधबारदेखि नै राष्ट्र बैंकमा आफ्नो नियमित काम गर्न पाउनेछन् ।इजलासले वैशाख १३ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । दुबै पक्षसँगको छलफलपछि सर्वोच्च अन्तरिम आदेश दिनुपर्ने नपर्ने भन्ने विषयमा निर्णय गर्नेछ ।आफूमाथि गरिएको

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • 110 पटक पढिएको
  • क्रिप्टोको जालो फैलिदै : प्रविधिको अभावले नियमनमा कमजोर बन्दै सरकार

    बिर्तामोड / विश्वका अधिकांश मुलुकमा प्रतिबन्धित गरिएको क्रिप्टो कारोबार नेपाल सरकारले पनि गैरकानुनी मान्दै त्यसमा लगानी नगर्न आग्रह गरेपनि दिन प्रतिदिन बढ्दै यसको कारोबारी गएका छन् । ब्लकचेनमा आधारित भएर विकेन्द्रित प्रणालीबाट परिचालन हुने गरेको क्रिप्टो कारोबार नगर्न देश लगायत विदेशका नेपाली नागरिकलाई नेपाल राष्ट्र बैंकले निर्देशन दिएको भएपनि क्रिप्टो कारोबारी हरेक दिन बढ्दै गएका छन् । क्रिप्टो कारोबारलाई नियन्त्रण र केन्द्रिकरण गर्ने कुनै पनि नियामक निकाय नभएकाले यसमा लगानी गरेको पुँजी असुरक्षित हुने मानिदै यसलाई नेपालमा पनि प्रतिबन्धित गरिएपनि यसका कारोबारी हरेक घण्टामा बढि नै रहे

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • 157 पटक पढिएको
  • ४०० रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको  छ । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार १०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६०० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला १ ला २ हजार ५०० रुपैयाँ थियो ।यसैगरी, आज चाँदीको मूल्य स्थिर तोकिएको छ । हिजो तोलामा १४ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासङ्घले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • 118 पटक पढिएको
  • आर्थिक वृद्धिको संकेत : फलदायी बन्दै राष्ट्र बैंकको निर्देशन

     बिर्तामोड / उच्च आयातका कारण देशको अर्थतन्त्र धर्मराउन थालेपछि विदेशी विनिमय सञ्चिति घट्दै गएको भन्दै आयात नियन्त्रण गर्नका लागि नेपाल राष्ट्र बैंकले समय सापेक्ष दिँदै आएको निर्देशन कार्यान्वयनका कारण अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । बैंकले विलासीताका बस्तु लगायत निजी गाडीमा समेत एलसी नखोल्न निदेर्शन दिएसँगै आयात कर्जामा समेत रोक लगाएपछि देशको अर्थतन्त्रमा सुधार संकेत देखिएको हो । विलासिताको वस्तुको उच्च आयात हुँदा विदेशी मुद्रा सञ्चिति घट्दै गएको र तरलता अभाव देखिएको भन्दै राष्ट्र बैंकले विभिन्न चरणमा आयातमा कडाइ गर्दै आएको छ । राष्ट्र बैंकको कडाइको मौखिक निर्देशनलाई नेप

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • 124 पटक पढिएको
  • भारतले रोक्यो विस्फोटक पदार्थको निर्यात : जोगबनी नाकामा तीन सय बढी मालवाहक सवारीको लाइन

    झापा / भारतले विस्फोटक पदार्थ निर्यातमा रोक लगाएसँगै नेपालमा निर्माणाधीन सडक, जलविद्युत् तथा सुरुङमार्ग परियोजनाहरू प्रभावित हुने भएका छन् । विस्फोटक पदार्थको अभावले खानीको उत्खनन तथा पूर्वाधार निर्माणको काम प्रभावित भएको भन्दै भारतले ३० चैतदेखि निर्यातमा रोक लगाएसँगै नेपालमा जलविद्युत्, सडक लगायत पूर्वाधार निर्माण प्रभावित हुने भएका हुन् । विस्फोटक पदार्थ चट्टान, पहाड फोर्न, खानी उत्खनन गर्न र सुरुङ निर्माणमा समेत प्रयोग हुने गरेको छ । भारतले बैशाख २ गतेदेखि लागू हुने गरी विस्फोटक पदार्थको निर्यात रोकेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का कोषाध्यक्ष आनन्द चौधर

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • 160 पटक पढिएको
  • पेट्रोलको मूल्यमा ४ रुपैयाँ घटेर आयो , डिजेल २ रुपैयाँ २ पैसाले बढ्यो

    काठमाडौं  / पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची भारतले नेपाल पठाएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले अप्रिल १६ मा पठाएको मूल्यसूचीमा पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ ।निगमका अनुसार पेट्रोलको भाउ घटेर आए पनि डिजेल र हवाई इन्धनको मूल्य भने वृद्धि भएको छ । नयाँ मूल्यअनुसार प्रतिलिटर डिजेलको मूल्य २ रुपैयाँ २ पैसा र हवाई इन्धनको मूल्य प्रतिलिटर ०.३८ पैसा बढेको निगमले जनाएको छ । 

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • 167 पटक पढिएको
  • तरकारीको मूल्यवृद्धि : सर्वसाधारण थप समस्यामा

    विर्तामोड / नेपालको अर्थतन्त्र धर्मराउन थालेपछि अत्यावश्यक वस्तुबाहेकका प्रतीतपत्र (एलसी) नखोल्ने नेपाल बैङ्कर एसोसिएसनको निर्णयका कारण सागसब्जीको मूल्य आकासिएपछि सर्वसाधारण समस्यामा परेका छन् । विदेशी विनिमय सञ्चिति घट्न थालेसँगै अर्थतन्त्र जोखिममा परेपछि विलासिताका वस्तु आयात गर्दा एलसी नखोल्न राष्ट्र बैंकले मौखिक निर्देशनलाई कार्यान्वयन गर्दा मूल्य अकासिएको हो ।राष्ट्र बैंकले गरेको अन्य बस्तुको आयात गर्दा पनि शत प्रतिशत मार्जिन राखेर एलसी खोल्दा मात्र आयात गर्न पाइने व्यवस्थाले पनि कागती र केराको आयातमा अवरोध भएपछि बजार मूल्य एकाएक अकासिएको छ । एक दर्जन केराको होलसेल मूल्य १५० देख

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • 127 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.