काठमाडौं / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ ।
जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार १०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६०० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला १ ला २ हजार ५०० रुपैयाँ थियो ।




































