काठमाडौं  / पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची भारतले नेपाल पठाएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले अप्रिल १६ मा पठाएको मूल्यसूचीमा पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ ।

निगमका अनुसार पेट्रोलको भाउ घटेर आए पनि डिजेल र हवाई इन्धनको मूल्य भने वृद्धि भएको छ । नयाँ मूल्यअनुसार प्रतिलिटर डिजेलको मूल्य २ रुपैयाँ २ पैसा र हवाई इन्धनको मूल्य प्रतिलिटर ०.३८ पैसा बढेको निगमले जनाएको छ ।