आर्थिक

    Showing 3,351-3,360 of 4,329 items.
  • बजेट : पर्यटन क्षेत्रमा ९ अर्ब विनियोजन

    बिर्तामोड / सरकारले पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले पर्यटन क्षेत्रमा बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।  

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 99 पटक पढिएको
  • शिलिगुरीबाट चारआलीसम्म पेट्रोलियम पर्दाथको पाइपलाइन निर्माण गरिने

    बिर्तामोड / सरकारले भारतको शिलीगुरीबाट झापाको चारआली सम्म पेट्रोलियम पदार्थकाे पाइपलाइन निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले भारतको शिलिगुरीबाट झापाको चारआली सम्म पेट्रोलियम पदार्थकाे  पाइपलाइन निर्माण गर्ने बताएका हुन् । त्यस्तै शर्माले घरायसी र व्यापारिक प्रयोजनको लागि एलपी ग्यासको वितरण प्रणाली पुनरावलोकन गर्ने समेत बताएका छन् । 

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 285 पटक पढिएको
  • बजेट : औद्योगिक पूर्वाधार निर्माणमा ३ अर्ब बजेट विनियोजन

    बिर्तामोड / सरकारले औद्योगिक पूर्वाधार निर्माण गर्न ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै औद्योगिक पूर्वाधार निर्माणमा ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको बताएका हु्न् । उनले देशका विभिन्न स्थानमा औद्योगिक पूर्वाधार निर्माणमा लगानी गरिने छ भने औद्योगिक ग्राम र औद्योगिक क्षेत्रको निर्माणमा समेत लगानी गर्ने समेत घोषणा गरेका छन् । 

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 101 पटक पढिएको
  • बजेट : कृषक पेन्सन योजना

    काठमाडौं / सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेटमा किसान पेन्सन योजना ल्याउने जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले अहिले संघीय संसद्मा प्रस्तुत गरिरहेको बजेटमा उनले यो योजना ल्याउन लागिएको बताएका हुन्।उनले भने –‘किसान हुनुमा आत्मसम्मान गौरव बढाउन किसान पेन्सन योजना अगाडि सारेको छु । यो योजना अन्तर्गत किसान हितकोष स्थापना गर्ने र त्यसका लागि बीउ पुँजीमार्फत एक अर्ब विनियोजन गरेको छु ।’त्यस्तै सरकारले कृषिमा उपयोग गर्ने गरी ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको पुनर्संरचना गर्ने भएको छ ।मन्त्री शर्माले स्थानीय तहलाई सेयर समेत दिलाएर त्यस्ता संस्थामार्फत किसान, महिला र दलितला

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 101 पटक पढिएको
  • प्रदेश र स्थानीय तहलाई कति कति गरियो बजेट विनियोजन?

    बिर्तामोड / सरकारले प्रदेशलाई ६१ अर्ब ४३ करोड र स्थानीय तहलाई १ खर्ब २३ करोड वित्तीय हस्तान्तरण गर्ने भएको छ । आइतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले वित्त आयोगको सिफारिसमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेश र स्थानीय तहलाई रकम हस्तान्तरण गरिने बताएका हुन् । सशर्त अनुदानतर्फ प्रदेशलाई ५७ अर्ब १७ करोड र स्थानीय तहलाई १ खर्ब ८३ अब रुपैयाँ विनियोजन गरिएको छ । पूर्वाधार सम्बन्धी आयोजना पुरा गर्न समपूरक अनुदानतर्फ प्रदेशलाई ६ अर्ब ३० करोड र स्थानीय तहलाई ७ अर्ब २७ करोड विनियोजन भएको छ । यस्तै, विशेष अनुदानतर्फ प्रदेशलाई ४ अर्ब ५६ करोड र स्थानीय तहलाई ९ अर्ब १४ कर

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 110 पटक पढिएको
  • बजेट : आगामी वर्ष २० प्रतिशतले आयात घटाउने

    बिर्तामोड / सरकारले आगामी आर्थिक वर्ष आयात २० प्रतिशतले घटाउने लक्ष्य लिएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा आयात र व्यापार घाटा दुवै घटाउने उद्देश्य लिने बताएका छन् । उनले आगामी वर्ष धान, मकै, गहुँ र फलफूलको आयात ३० प्रतिशतले घटाउने र समग्र आयात २० प्रतिशतले घटाउने घोषणा गरेका छन् । आगामी ५ वर्षमा निर्यात प्रोत्साहन गर्दै व्यापार घाटालाई सन्तुलनमा ल्याउने समेत बताएका छन् ।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 97 पटक पढिएको
  • उन्नत सिमेनबाट २ लाख भैँसी र २ लाख गाईमा कृत्रिम गर्भाधान गराइने

    काठमाडौँ / आगामी आर्थिक वर्षमा अर्थमन्त्री जनार्दन शर्माले पशुको उन्नत नश्ल सुधार गरिने बताएका छन् ।आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै उनले पोखरा र नेपालगञ्जमा रहेको सिमेन उत्पादन केन्द्रमा थप प्रविधि जडान गरी उन्नत नस्लका साडे र राँगा ल्याई सिमेन उत्पादन गरिने बताए । उन्नत सिमेनबाट २ लाख भैँसी र २ लाख गाईमा कृत्रिम गर्भाधान गराई पशुको नश्ल सुधार गरिने जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 166 पटक पढिएको
  • मन्त्रिपरिषद्बाट बजेट स्वीकृत

    काठमाडौँ / मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको बजेट आज बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो। अर्थमन्त्री शर्माले आज नै राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण बुझाउने कार्यक्रम रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । अर्थमन्त्री शर्माले राष्ट्रियसभामा आर्थिक सर्वेक्षण पेश गरेर संघीय संसद्को संयुक्त बैठकमा बजेट भाषण गर्ने सचिवालयको भनाइ छ।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 103 पटक पढिएको
  • संसदीय इतिहासको कालो दिन : संसद्मा माओवादीले च्यातेको थियो अर्थमन्त्रीको बजेट ब्रिफकेस

    काठमाडौं / नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारको नेतृत्व गरेका माधव नेपालको पालामा गणतन्त्र स्थापनापछि अध्यादेश मार्फत पहिलो बजेट ल्याइएको थियो । व्यवस्थापिका संसद् बहाल रहेकै अवस्थामा अध्यादेशबाट बजेट सार्वजनिक गरिरहदा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्थिक वर्ष २०६७/६८ का लागि २०६७ मंसिर ४ गते प्रस्तुत गरेका थिए । बजेट पेश गर्ने प्रकृयाबारे सरकार र प्रतिपक्षीबीच विवाद भएपछि अर्थमन्त्री पाण्डेमाथि नेकपा माओवादीका सांसदबाट संसद्मा नै हातपातको प्रयास भएको थियो । माओवादीले पाण्डेमाथि गरेको सो आक्रमण हुँदा बजेट वक्तव्य रहेको ब्रिफकेस खोसाखोस भएर च्यातिएको थियो भने केही सांस

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 128 पटक पढिएको
  • आयकरको सीमा बढाउँदा मध्यमवर्गलाई राहत

    काठमाडौं / सरकारले आज (आइतबार) सार्वजनिक गर्न लागेको आगामी वर्षको बजेट मार्फत मध्यमवर्गलाई राहत दिने भएको छ ।अहिले आयकरको सीमा व्यक्तिगत तर्फ अविवाहितको हकमा ४ लाख र विवाहितको हकमा साढे ४ लाख रहेकोमा यसलाई बढाएर दम्पतीको हकमा ५ लाख तथा अविवाहितको हकमा ५ लाख बनाउने भएको छ ।नयाँ व्यवस्था अनुसार अविवाहित व्यक्तिले वार्षिक ५ लाखसम्मको आम्दानीमा १ प्रतिशत कर तिर्नुपर्ने हुन्छ भने दम्पतीले साढे ५ लाखसम्मको आम्दानीमा १ प्रतिशत कर तिर्नुपर्ने ।सरकारले सरकारी कर्मचारीले पाउने तलबको आधारमा कर तिर्नुपर्ने न्यूनतम सीमा राख्ने हुँदा निजी क्षेत्रमा काम गर्ने कर्मचारी मर्कामा पर्ने गरेका छन् ।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 153 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.