काठमाडौँ / आगामी आर्थिक वर्षमा अर्थमन्त्री जनार्दन शर्माले पशुको उन्नत नश्ल सुधार गरिने बताएका छन् ।

आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै उनले पोखरा र नेपालगञ्जमा रहेको सिमेन उत्पादन केन्द्रमा थप प्रविधि जडान गरी उन्नत नस्लका साडे र राँगा ल्याई सिमेन उत्पादन गरिने बताए । उन्नत सिमेनबाट २ लाख भैँसी र २ लाख गाईमा कृत्रिम गर्भाधान गराई पशुको नश्ल सुधार गरिने जानकारी दिए ।