काठमाडौं / सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेटमा किसान पेन्सन योजना ल्याउने जनाएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले अहिले संघीय संसद्मा प्रस्तुत गरिरहेको बजेटमा उनले यो योजना ल्याउन लागिएको बताएका हुन्।

OM Sai Pathibhara Hospital

उनले भने –‘किसान हुनुमा आत्मसम्मान गौरव बढाउन किसान पेन्सन योजना अगाडि सारेको छु । यो योजना अन्तर्गत किसान हितकोष स्थापना गर्ने र त्यसका लागि बीउ पुँजीमार्फत एक अर्ब विनियोजन गरेको छु ।’

त्यस्तै सरकारले कृषिमा उपयोग गर्ने गरी ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको पुनर्संरचना गर्ने भएको छ ।

मन्त्री शर्माले स्थानीय तहलाई सेयर समेत दिलाएर त्यस्ता संस्थामार्फत किसान, महिला र दलितलाई सहुलियत पूर्णऋण दिने घोषणा गरेको हुन् ।