बिर्तामोड / सरकारले आगामी आर्थिक वर्ष आयात २० प्रतिशतले घटाउने लक्ष्य लिएको छ ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा आयात र व्यापार घाटा दुवै घटाउने उद्देश्य लिने बताएका छन् । 

OM Sai Pathibhara Hospital

उनले आगामी वर्ष धान, मकै, गहुँ र फलफूलको आयात ३० प्रतिशतले घटाउने र समग्र आयात २० प्रतिशतले घटाउने घोषणा गरेका छन् ।

आगामी ५ वर्षमा निर्यात प्रोत्साहन गर्दै व्यापार घाटालाई सन्तुलनमा ल्याउने समेत बताएका छन् ।