आर्थिक

    Showing 3,231-3,240 of 3,450 items.
  • आज सुनचाँदीको बजार मूल्य कति छ ?

    बिर्तामोड / नेपाली बजारमा आज सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार तोलाको २ सयले बढेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजाबी सुनको मूल्य तोलाको ९० हजार २ सय रुपैयाँ रहेको छ ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार ३ सय ५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः असार १३, २०७८
    • 188 पटक पढिएको
  • बजेट : बाल शिक्षक र कर्मचारीको तलबका विषयमा विवाद

    बिर्तामोड / भद्रपुर नगरपालिकाले बाल शिक्षक र कर्मचारीको सेवा सुविधा संघीय सरकारले तोकेको भन्दा कम बनाएपछि विवाद सुरु भएको छ । नगरपालिकाले बजेट मार्फत संघीय सरकारको निती भन्दा कम दिने तयारी गरेपछि विवाद सुरु भएको हो ।  शिक्षक महासङ्घका अध्यक्ष गणेश गिरी र शिक्षक संघकी अध्यक्ष मञ्जु दाहालले विज्ञप्ति जारी गरी स्थानीय सरकारको निती प्रति आपत्ति जनाएका छन् । जारी विज्ञप्तिमा संघीय सरकारको नीति विपरीत शिक्षक कर्मचारीको सेवा सुविधा तोकिएको भन्दै तत्काल सो निर्णय सच्याउन माग गरिएको छ ।संघीय सरकारले बजेट मार्फत बाल शिक्षक र कर्मचारीको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ बनाउने घोषणा गरेको भएपनि स्थ

    • प्रकाशित मितिः असार ११, २०७८
    • 164 पटक पढिएको
  • जीवन विकास लघुवित्तको आइपीओ आज देखि खुल्दै

    काठमाण्डौ / जीवन विकास लघुवित्तको आइपीओ आज देखि खुल्दै छ । कम्पनीले एक सय रुपैयाँ दरको १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो। ३० हजार ४२० कित्ता कर्मचारी र ९८ हजार ८६५ कित्ता म्युचअल फन्डको लागि छुट्याइएको छ । बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको आइपीओमा न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओ छिटोमा असार १५ र ढिलोमा असार २५ गतेसम्म बिक्रीमा रहनेछ । कम्पनीले आईपीओ बिक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट गत जेठ ३० गते अनुमति पाएको हो । कम्पनी

    • प्रकाशित मितिः असार ११, २०७८
    • 139 पटक पढिएको
  • नेप्सेमा १६ अंकको गिरावट

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । बुधबारको तुलनामा १६ अंकले घटेपछि नेप्से २ हजार ८ सय ४३ विन्दुमा ओर्लेको छ । बुधबार नेप्से करिब ५१.६५ अंकले घटेको थियो ।आज होटल्स तथा टुरिजम बाहेक उपसमूहको परिसुचक घटेको हो । साताको कारोबारको अन्तिम दिन (बिहीबार) आज पनि नेप्से १६ दशमलव ९६ अंकले घटेर २८ सय ४३ विन्दुमा थामिएको हो । त्यसैगरी, सेन्सेटिभ इन्डेक्स पनि ३.१७ अंकले घटेर ५२५ दशमलव ६४ विन्दुमा रोकिएको छ । आज नेप्सेमा जम्मा ७ अर्ब रुपैयाँको कारोबार भएर एक करोड ३२ लाख कित्ता सेयर किनबेच भएको छ। 

    • प्रकाशित मितिः असार १०, २०७८
    • 123 पटक पढिएको
  • टिप्पणी : प्रसाईका चालक जसले लोपोन्मुख मार्सीलाई निर्यात योग्य बनाइदिए

    बिर्तामोड / केही वर्ष अघि सम्म आम नेपालीलाई थाहा नै नरहेको मार्सी चामल विदेश निर्यात हुन थालेको छ । देशभरका डिपार्टमेन्ट स्टोरमा पाउन थालिएको लोपोन्मुख मार्सी चामल यति बेला जापान सहित विश्वका कयौं मुलुकमा निर्यात हुन थालेको हो ।कर्णाली प्रदेशका हुम्ला र जुम्ला लगायतका पहाडी जिल्लामा उत्पादन हुने मार्सी चामल तिन वर्ष अघि झापाको बिर्तामोड स्थित प्रस्तावित मेडिकल कलेजका संचालक दुर्गा प्रसाईँको भान्सामा पुगेपछि एकाएक चर्चामा आएको थियो ।नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता छलफलमा प्रसाईँको भक्तपुरको ठिमी स्थित निवासमा मार्सी चामलको खाना बनेसँगै मार्सी चामलको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा ब्

    • प्रकाशित मितिः असार १०, २०७८
    • 477 पटक पढिएको
  • विराटनगरको बजेट ४ अर्ब १० करोड

    विराटनगर / प्रदेश एकको राजधानी समेत रहेको विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट बिनियोजन गरेको छ ।महानगरपालिकाको आठौं नगरसभामा बिहीबार उपप्रमुख इन्दिरा कार्कीले नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेकी छन् ।बजेटमा पूँजीगत खर्च तर्फ ३ अर्ब ५८ करोड ३२ लाख ८५ हजार रुपैयाँ  , प्रशासनिक खर्च तर्फ ४६ करोड ७० लाख ५२ हजार ९ सय २५ रुपैयाँ र वित्तीय व्यवस्था तर्फ ५ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।बजेटमा अन्तर सरकारी वित्तीय हस्तान्तरण मार्फत संघीय सरकारबाट १ अर्ब १९ करोड ५३ लाख, प्रदेश सरकारबाट ४ करोड ९० लाख १५

    • प्रकाशित मितिः असार १०, २०७८
    • 169 पटक पढिएको
  • डिजल, पेट्रोल र मट्टितेलको मुल्यमा वृद्धि

    बिर्तामोड / नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टितेलको मुल्य बुधबार राति १२ बजेबाट बढाएको छ।निगमका अनुसार डिजल, पेट्रोल र मट्टितेल प्रति लिटर २ रूपैयाँले बढाइएको छ।बढेको मुल्य अनुसार पेट्रोल १२७, डिजल ११० र मट्टितेलको मुल्य ११० रूपैयाँ कायम भएको छ। भारतीय आयल कर्पोरेशनबाट मुल्य बढेर आएकाले सोहीअनुसार नेपालमा समायोजन गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः असार १०, २०७८
    • 176 पटक पढिएको
  • प्रधानमन्त्री रोजगार कार्यक्रम : एक नम्बर प्रदेशका स्थानीय निकायमा कति बजेट (सूचि सहित)

    बिर्तामोड / सरकारले रोजगारमा नरहेका नागरिकलाई लक्षित गरेर ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बजेटमार्फत  १३ अर्ब ४० करोड रुपैयाँ बिनियोजन गरेको छ । रोजगार गुमाएका र बेरोजगार गरी  ३ लाख २५ हजार जनालाई रोजगारी दिन सरकारले बजेट बिनियोजन गरेको हो ।गत वर्ष सर्वाधिक आलोचना भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा बेरोजगारलाई न्यनतम एक सय दिन रोजगारी सुनिश्चित गर्न भन्दै सरकारले बजेट बिनियोजन गरेको छ ।स्थानीय स्तरमा सञ्चालन हुने सडक, सिँचाइ, भवन, पुल, नदी नियन्त्रण, वृक्षारोपण लगायत संघ, प्रदेश र स्थानीय तहका आयोजना तथा कार्यक्रममा रोजगार सेवा केन्द्रमा सूचिकृत बेरोजगारलाई काममा लगा

    • प्रकाशित मितिः असार ९, २०७८
    • 197 पटक पढिएको
  • एक अर्ब भ्रष्टाचार गरेको अभियोगमा ३ जना विरुद्ध मुद्दा दायर

    काठमाडौं / आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणि शर्मासहित तिन जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ अर्ब भन्दा वढी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ ।सरकारले २०७१ सालमा बनाएको कर फर्छ्यौट आयोगमा रहँदा तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेशप्रसाद ढकाल र चुडामणि शर्माले कानून विपरीत १ अर्ब ३३ लाख २० हजार ५ सय ८५ रुपैयाँ कर छुट दिएको भन्दै अख्तियारले भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको हो ।अख्तियारले आयोगमा रहँदा कानुन विपरीत कर छुट दिएको भन्दै बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।कर फर्छ्यौट आयोगमा रहेका बेला उनीहरूले कर फर्छ्यौट आयोग ऐन,

    • प्रकाशित मितिः असार ९, २०७८
    • 295 पटक पढिएको
  • सुनचाँदीको मुल्य घट्यो

    काठमाडौं / मंगलबारको तुलनामा बुधबार सुन प्रति तोलामा ३ सय र चाँदी पाँच रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार छापावाल सुनको भाउ तोलाको ९० हजार ७ सय कायम गरेको छ । मंगलबार तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले कमी आएर तोलाको १२ सय ९५ कायम भएको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः असार ९, २०७८
    • 213 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा