काठमाडौं / केही दिनयता लगातार घटेको सुनको मूल्य बिहीबार भने बढेको छ । बिहीबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर ९४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज तेजाबी सुन प्रतितोला ९४ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै बुधबार ११ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार भने १० रुपैयाँले बढेर ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको हो ।