काठमाडौं / हिमालयन हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ। 

हाइड्रोपावरले असार १५ बाट १९ गतेसम्म सर्वसाधारणका लागि बिक्री गरेको १८ लाख ३० हजार ४७२ कित्ता साधारण सेयर आज बिक्री प्रबन्धकको कार्यालयमा बाँडफाँट गरेको हो। 

OM Sai Pathibhara Hospital

हाइड्रोपावरले जारी गरेको आइपीओमा १५ लाख ९५ हजार ५ सय ५४ जना आवेदकहरूबाट १ करोड ७७ लाख ५४ हजार ३०० कित्ताका लागि दरखास्त परेको थियो। यसमध्ये १५ लाख ९३ हजार ७९६ जना योग्य आवेदकहरू थिए भने विभिन्न कारणले १ हजार ७५८ जनाको दरखास्त रद्द भएको थियो। 

योग्य आवेदकहरु मध्ये १ लाख ८३ हजार ४५ जना आवेदकले १०/१० कित्ता र २ जनाले ११/११ कित्ताका दरले आईपीओ पाएका छन्।